काठमाडौं । अहिले बजारमा पिर्के सलामीको व्यापक आलोचना भइरहेको छ । विशेषगरी नेकपा एकीकृत समाजवादी पार्टीकी सचिव तथा सहरी विकासमन्त्री रामकुमार झाँक्रीले गृह जिल्ला गुल्मीको मदाने गाउँपालिकास्थित इलाका प्रहरी कार्यालय पुर्कोट दहमा ‘पिर्के सलामी’ लिएको तस्वीर बाहिरिएपछि फेरि पिर्के सलामीको सर्वत्र आलोचना भइरहेको छ ।

आफ्नै गाउँमा आफ्नै पहलमा प्रहरी कार्यालय स्थापना गरेको उपलक्ष्यमा मन्त्री झाँक्रीले सलामी लिएकी हुन् । उनको यो पिर्के तस्वीर बाहिरिएपछि अहिले सर्वत्र आलोचना भइरहेको छ । जबकि सत्ताबाहिर हुँदा झाँक्री आफै पिर्के सलामीकाे विराेधी थिइन् ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

पिर्के सलामी लिने प्रचलन भने रामकुमारी झाँक्रीदेखि सुरुवाती भएको होइन । तर, जब उनी रातो पिर्कामाथि उभिएर सलामी खाइरहको तस्वीर बाहिरियो त्यसपछि फेरि सेलाएकाे पिर्के सलामी बजार तताएकाे छ । साथै, यसले सत्तामा बस्दा कति माेह हुँदाेरहेछ भन्नेचाहीँ झल्काएकाे छ नै ।