दिग्गज प्रविधि कम्पनी एप्पलले इतिहास रचेको छ । सोमबार कम्पनीको बजार मूल्य ३ ट्रिलियन डलर पुगेको छ । न्यूयोर्क टाइम्समा अनुसार १९७६ मा सुरु भएको एप्पलले अगष्ट २०१८ मा एक ट्रिलियन डलरको आँकडा छोएको थियो । उसलाई यो उपलब्धी हासिल गर्नको लागि ४२ वर्षको लामो यात्रा पार गर्नुपरेको थियो । यसको २ वर्षपछि २०२० मा कम्पनीको बजार मूल्य २ ट्रिलियन डलर पार भयो । त्यसपछि केवल १६ महिना १५ दिनमा कम्पनीको मूल्य ३ ट्रिलियन डलर पार भयो । सार्वजनिक रुपमा कारोबार गरेर ३ ट्रिलियन डलरको बजार मूल्य पार गर्ने एप्पल पहिलो कम्पनी बनेको छ । बजारको तथ्यांकअनुसार यसै वर्ष अर्को प्रविधि कम्पनी माइक्रोसफ्ट पनि ३ ट्रिलियन डलर क्लवमा जाने सम्भावना छ ।
सबैभन्दा धेरै मूल्यको कम्पनीको रुपमा एप्पलले नयाँ इतिहास रच्यो
सवालनेपालसंवाददातामंगलबार, २० पुस २०७८

सबैभन्दा धेरै मूल्यको कम्पनीको रुपमा एप्पलले नयाँ इतिहास रच्यो
यो समाचार शेयर गर्नुहोस्:
सम्बन्धित विषयहरू:##बिज्ञान/प्रविधि

« यो पनि पढ्नुहोस्
संविधान दिवसमा टेलिकमको ‘अफर’

यो पनि पढ्नुहोस् »
आफूखुसी इन्टेरनेट शुल्क नबढाउन दूरसञ्चार प्राधिकरणको निर्देशन
प्रतिक्रियाहरू0
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार व्यक्त गर्ने पहिलो बन्नुहोस्!
आफ्नो प्रतिक्रिया लेख्नुहोस्
तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।
सम्बन्धित खबर

संविधान दिवसमा टेलिकमको ‘अफर’
बिहीबार, २ असोज २०८२
आफूखुसी इन्टेरनेट शुल्क नबढाउन दूरसञ्चार प्राधिकरणको निर्देशन
मंगलबार, २ जेठ २०८०
ह्वाट्सएपका गोप्य च्याट लक गर्न मिल्ने
मंगलबार, २ जेठ २०८०
घरबाटै नो अब्जेक्शन सर्टिफिकेट लिन सकिने
सोमबार, १ जेठ २०८०
डाटा चोर्ने १४ लाख एन्ड्रोइड एप गुगलले हटायो
आइतबार, १७ वैशाख २०८०



