संयुक्त राज्य अमेरिकाले माओवादी केन्द्रको अध्यक्षमा फेरि चुनिएकोमा पुष्पकमल दाहाललाई बधाई दिएको छ। काठमाडौंस्थित अमेरिकी दूतावासले मंगलबार ट्वटिरमार्फत दाहाललाई बधाई दिएको हो। ‘नेकपा माओवादी केन्द्रको अध्यक्षमा फेरि चयन हुनुभएकोमा दाहाललाई बधाई! अमेरिका संसारभर प्रजातन्त्र र नेपालको प्रजातान्त्रिक प्रक्रियाका लागि प्रतिबद्ध छ,’ दूतावासले भनेको छ। दाहाल मंगलबार माओवादी केन्द्रको अध्यक्षमा चुनिएका थिए।
ताजा समाचार
लोकप्रिय
© 2024, All right reserved to Sawal Nepal