तराई मधेशमा बढ्दो शीतलहर तथा चिसोलाई मध्यनजर गर्दै प्रदेश २ का केही स्थानीय तहले बालबालिकाको स्वास्थ्य अवस्थालाई ख्याल गर्दै विद्यालयहरु बन्द गरेका गरेका छन् । बाक्लो हुस्सु र शीतलहरका कारण जनजीवन प्रभावित हुन थालेपछि चिसो छल्न धनुषाका क्षीरेश्वरनाथ नगरपालिका, नगराईन नगरपालिका र पर्साको जिराभवानी गाउँपालिकाले सामुदायिक विद्यालय पाँच दिनसमका लागि बन्द गरेका हुन् । अचानक बढेको चिसो र शीतलहरका कारण बालबालिकाहरुमा पर्नसक्ने प्रतिकूल असरलाई मध्यनजर गर्दै क्षीरेश्वरनाथ नगरपालिकाले नगरक्षेत्रभित्र सञ्चालित सामुदायिक तथा संस्थागत विद्यालयहरुमा मंगलबारदेखि शुक्रबारसम्म, धनुषाको नगराईन नगरपालिका र पर्साको जिराभवानी गाउँपालिकाले सोमबारदेखि शुक्रबारसम्म विद्यालयहरु बन्द गर्ने निर्णय गरेका छन् । चिसोका कारण विद्यालयमा अध्ययन, अध्यापन गर्न कठिनाइ भइरहेकाले विद्यालयहरुमा बिदा दिने निर्णय गरिएको नगराईन नगरपालिकाले जनाएको छ । चिसोका कारण बालबालिकामा रुघाखोकी, ज्वरो, झाडापखालालगायतका स्वास्थ्य समस्या देखिन थालेकाले विद्यालय बन्द गरिएको जनाइएको छ । यसैबीच रौतहटको १८ स्थानीयतह मध्ये आधादर्जन बढी स्थानीय तहका सामुदायिक विद्यालयहरु बन्द भएका छन । कटहरिया नगरक्षेत्र अन्तर्गतका सबै सामुदायिक विद्यालय अगामी २५ गतेसम्म बन्द गरिएको छ । यस्तै परोहा, ईशनाथ, बृन्दाबन लगायतका स्थानीयतहका विद्यालयहरुमा पनि सोमबारदेखि बिदा दिइएको जिल्ला शिक्षा समन्वय इकाइ रौतहटले जनाएको छ ।
अत्यधिक चिसोका कारण प्रदेश २ का विद्यालयहरु बन्द हुँदै
सवालनेपालसंवाददातामंगलबार, २० पुस २०७८

अत्यधिक चिसोका कारण प्रदेश २ का विद्यालयहरु बन्द हुँदै
यो समाचार शेयर गर्नुहोस्:
सम्बन्धित विषयहरू:## शिक्षा

« यो पनि पढ्नुहोस्
रोजगारमुखी शिक्षातर्फ विद्यार्थीको रोजाइः दमक आदर्श बोर्डिङ्ग स्कूलमा बढ्दो आकर्षण

यो पनि पढ्नुहोस् »
एसईई परीक्षा – सिद्धार्थ बोर्डिङ स्कुल दमककी छात्रा कुशिका बस्नेतको ४ जीपीए
प्रतिक्रियाहरू0
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार व्यक्त गर्ने पहिलो बन्नुहोस्!
आफ्नो प्रतिक्रिया लेख्नुहोस्
तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।
सम्बन्धित खबर

रोजगारमुखी शिक्षातर्फ विद्यार्थीको रोजाइः दमक आदर्श बोर्डिङ्ग स्कूलमा बढ्दो आकर्षण
बुधबार, १३ जेठ २०८३
एसईई परीक्षा – सिद्धार्थ बोर्डिङ स्कुल दमककी छात्रा कुशिका बस्नेतको ४ जीपीए
शुक्रबार, १५ असार २०८१
झापाका दुईजना शिक्षकले राजनीतिक दलको सदस्यता त्यागे
बिहीबार, ७ असार २०८१
झापास्थित बिएन्डसी अस्पतालले मेडिकल कलेजको मान्यता पायो
बुधबार, ६ असार २०८१
दमकमा उपप्रमुखसँग बालबालिका कार्यक्रम सुरु
मंगलबार, २९ जेठ २०८१



