६ साउन, काठमाडौं । चितवन जिल्लास्थित भरतपुरका तरकारी व्यापारीले भरतपुर महानगरपालिका कार्यालय विहिबारदेखि घेराउ गरेका छन् ।

नेपाल फलफूल तथा तरकारी व्यवसायी महासङ्घले विहिबार काठमाडौंमा आयोजना गरेको पत्रकार सम्मेलनमा अध्यक्ष ओमप्रकाश घिमिरेले भरतपुर, लायन्स चोकमा रहेको तरकारी बजारको सञ्चालन एकल ठेकेदारलाई दिने महानगरपालिकाको निर्णयविरुद्ध घेराउ गरेको बताए ।

साना बजार पूर्वाधार आयोजनाले उक्त तरकारी बजारको निर्माण गरेको थियो । दैनिक फलफूल र तरकारी गरी रु चार करोड ५० लाख कारोबार हुने बिक्री केन्द्रलाई महानगरपालिकाले मासिक रु १२ लाख ५० हजारमा ठेकेदारलाई दिने निर्णय गरेको छ ।

हाल व्यापारीले महानगरपालिकालाई बिक्री कक्ष प्रयोग गरेबापत मासिक रु आठ लाख ५० हजार बुझाउने गर्छन् । यही साउन ८ गते महानगरपालिकाले ठेकदारसंग गर्न लागेको सम्झौताविरुद्ध लागेका तरकारी व्यापारीले २०५० सालदेखि सो स्थानमा तरकारी तथा फलफूलको कारोबार गर्दै आएका छन् ।

महानगरपालिकाको स्वामित्वमा रहेको सात रोपनी जमिनमा बिक्री कक्ष निर्माण गरी सुरु भएको बजारमा अहिले तीन सय व्यवसायी कार्यरत छन् । अहिले महानगरपालिकाको ५७ र निजी क्षेत्रको १०० बिक्री कक्षमार्फत चितवन सहित १६ जिल्लाका फलफूल र तरकारीको मागलाई बजारले पूरा गर्दै आएको छ ।

महानगरपालिकाले स्थानीय स्वायत्त शासन ऐन २०५५ तथा स्थानीय स्वायत्त शासन नियमावली २०५६ र स्थानीय निकाय आर्थिक प्रशासन नियमावली २०६४ अनुसार बोलपत्र आह्वान गरी तरकारी बजार ठेकेदारलाई दिने निर्णय गरेको थियो । रासस

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah