अब अनलाइनबाट मात्रै पुनः श्रम स्वीकृतिको काम हुने भएको छ । श्रम, रोजगार तथा सामाजिक विकास मन्त्रालयले आगामी माघ २ गतेदेखि अनलाइनबाट मात्रै पुनः श्रम स्वीकृति काम गर्ने तयारी गरेको हो । यो व्यवस्था भएसँगै वैदेशिक रोजगार कार्यालयमा गएर पुनः श्रम स्वीकृत लिन लामो लाइन लाग्नुपर्ने र पुनः श्रम स्वीकृति लिन मात्रै नेपाल आउनुपर्ने बाध्यताको अन्त्य हुनेछ । २०७७ साल पुस महिनाबाट अनलाइन मार्फत पुनः श्रम स्वीकृति दिन थालिएको थियो । अहिलेसम्म वैदेशिक रोजगार विभागले भौतिक उपस्थित र अनलाइन दुबै तरिकाबाट पुनः श्रम स्वीकृति दिइरहेको छ । तर अब भने माघ २ गतेदेखि अनलाइनबाट मात्रै काम हुनेछ । वैदेशिक रोजगार सूचना व्यवस्थापन प्रणालीमार्फत आवश्यक सबै कागजातसहित फाराम भर्नुपर्ने छ । म्यादी जीवन बिमा र वैदेशिक रोजगार कल्याणकारी कोषमा बुझाउनुपर्ने शुल्क रकम पनि अनलाइनबाटै बुझाउन सकिने छ । साथै अनलाइन फाराम भर्दा पाएको युजर नेम र पासवर्ड सुरक्षित राख्नुपर्ने हुन्छ । वैदेशिक रोजगारीमा जाने नेपालीलाई छिटो, छरितो, पारदर्शी र सरल सेवा उपलब्ध गराउने योजनासहित अनलाइनबाट मात्रै श्रम स्वीकृति दिने व्यवस्था गर्न लागिएको विभागको भनाइ छ ।
माघ २ गतेदेखि अनलाइनबाट मात्रै पुनः श्रम स्वीकृतिको काम हुने
सवालनेपालसंवाददातामंगलबार, २० पुस २०७८

माघ २ गतेदेखि अनलाइनबाट मात्रै पुनः श्रम स्वीकृतिको काम हुने
यो समाचार शेयर गर्नुहोस्:
सम्बन्धित विषयहरू:## वैदेशिक रोजगार

« यो पनि पढ्नुहोस्
शारीरिक अपाङ्गता भएकाहरू स्वरोजगार बन्दै

यो पनि पढ्नुहोस् »
झापामा छ महिनामा पाँच सय ३२ नयाँ घरेलु तथा साना उद्योग दर्ता
प्रतिक्रियाहरू0
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार व्यक्त गर्ने पहिलो बन्नुहोस्!
आफ्नो प्रतिक्रिया लेख्नुहोस्
तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।
सम्बन्धित खबर

शारीरिक अपाङ्गता भएकाहरू स्वरोजगार बन्दै
सोमबार, १५ माघ २०८१
झापामा छ महिनामा पाँच सय ३२ नयाँ घरेलु तथा साना उद्योग दर्ता
शनिबार, १३ माघ २०८१
मलेसिया गएका झापा भद्रपुरका ५५ वर्षीय चन्द्र लिम्बू अलपत्र, स्वदेश फिर्ताका लागि सबै समक्ष हारगुहार
शुक्रबार, १५ असार २०८१
जनताले दिए भोट, तर जनप्रतिनिधी बिदेश गए कमाउन नोट
सोमबार, ४ असार २०८१
ज्येष्ठ नागरिक तथा आपाङ्गमैत्री बस सञ्चालन
शनिबार, २ असार २०८१



