सेवाग्राहीलाई सहज र छिटोछरितो सेवा प्रवाह गर्न दोलखाको भीमेश्वर नगरपालिकाले घर नक्सा र भवन निर्माण अनुमति अनलाइनबाटै दिने प्रक्रिया सुरु गरेको छ । नगरप्रमुख भरतबहादुर केसीले नगरपालिकाले घर नक्सा डेमो नामक एप्लिकेसनमार्फत अनलाइनबाट भवन निर्माण अनुमति प्रक्रिया सुरु गरिएको जानकारी दिए । उनका अनुसार वैज्ञानिक, व्यवस्थित, छिटोछरितो र पारदर्शिताका लागि यस्तो सेवा सुरु गरिएको हो । नगरलाई मार्ट सिटी बनाउने लक्ष्यको सुरुवाती पनि यससँगै सुरु भएको उनको भनाइ छ । घर नक्साको कामलाई झन्झटमुक्त बनाएर सहज सेवा दिन यसले सहयोग गर्ने अपेक्षा राखिएको छ । नगरपालिकाका पूर्वाधार विकास शाखा प्रमुख इन्जिनियर सुरेश राउतले नगरमा प्रत्येक वर्ष करिब दुई सय घर निर्माण हुने गरेको जानकारी दिए । ‘भवन निर्माण अनुमति प्रक्रिया तथा भवन निर्माण सुपरीवेक्षण जाँच गर्ने कार्यलाई अझ व्यवस्थित, वैज्ञानिक, पारदर्शी र चुस्त बनाउन यो प्रणाली सञ्चालनमा ल्याइएको हो,’ उनले भने, ‘यसबाट जहाँ र जतिबेला पनि अनलाइनमार्फत घर नक्साका लागि दर्ता, अनुमतिका लागि आवेदन, आवश्यक कागजातको सहज भण्डारण र सहज रूपमा फिल्ड अनुगमनमा सहयोग मिल्नेछ ।’ उनका अनुसार भवन संहिता तथा भवन मापदण्डमा भएका प्रावधानको पालना, जाँचमा सहजता, घरधनी, डिजाइनर, ठेकेदार तथा डकर्मीहरूको स्पष्ट जानकारीका लागि यो प्रणाली उपयोगी हुनेछ ।
अनलाइनबाटै नक्सा र घर निर्माणको अनुमति
सवालनेपालसंवाददातामंगलबार, २० पुस २०७८

अनलाइनबाटै नक्सा र घर निर्माणको अनुमति
यो समाचार शेयर गर्नुहोस्:
सम्बन्धित विषयहरू:##बिज्ञान/प्रविधि

« यो पनि पढ्नुहोस्
संविधान दिवसमा टेलिकमको ‘अफर’

यो पनि पढ्नुहोस् »
आफूखुसी इन्टेरनेट शुल्क नबढाउन दूरसञ्चार प्राधिकरणको निर्देशन
प्रतिक्रियाहरू0
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार व्यक्त गर्ने पहिलो बन्नुहोस्!
आफ्नो प्रतिक्रिया लेख्नुहोस्
तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।
सम्बन्धित खबर

संविधान दिवसमा टेलिकमको ‘अफर’
बिहीबार, २ असोज २०८२
आफूखुसी इन्टेरनेट शुल्क नबढाउन दूरसञ्चार प्राधिकरणको निर्देशन
मंगलबार, २ जेठ २०८०
ह्वाट्सएपका गोप्य च्याट लक गर्न मिल्ने
मंगलबार, २ जेठ २०८०
घरबाटै नो अब्जेक्शन सर्टिफिकेट लिन सकिने
सोमबार, १ जेठ २०८०
डाटा चोर्ने १४ लाख एन्ड्रोइड एप गुगलले हटायो
आइतबार, १७ वैशाख २०८०



