नेपाली कांग्रेसका संस्थापक नेता विपि कोइरालाले ल्याएको आदर्शलाई भुल्दा पछिल्लो समय कांग्रेस कमजोर हुदै गएको महशुष स्याङ्जा कांग्रेसले गरेको छ । विपि कोइरालाको ३५ औं स्मृति दिवसको अवसरमा वोल्ने बक्ताहरुले सो कुरा बताएका हुन् ।

पहिलो र दोस्रो चरणको स्थानीय तहको निर्वाचनमा दोस्रो स्थानमा पाटीले विजयी हासिल गरेको प्रति लक्षित गर्दै वोल्ने बक्ताहरुले विपिले ल्याएको आदर्श, मेलमिलापको नीतिलाई नेतृत्वले वेवस्था गर्दा कमजोर हुने परिस्थिति आएको बताएका थिए । राष्ट्रियता, लोकतन्त्र र समाजवादको नीति अवलम्वन गरेको कांग्रेस मुलुकको इतिहासमा पुरानो पाटीको रुपमा परिचित भएपनि गुट उपगुटका कारण खस्किदो अवस्थामा पुग्नुले कार्यकर्तामा निरासा छाएको नेताहरुले बताएका छन् ।

हरेक साउन ६ गते विपिलाई सम्झने मात्रै काम कांग्रेसले गरेको तर विपिले ल्याएको नीतिलाई कांग्रेसले विसर्दै जान थालेकोले गुनासो कार्यकर्ताको थियो । कांग्रेस आन्तरिक रुपमा सुधारीर्नु पर्छ पुर्व पाटी सभापति खगेनद्रराज रेग्मीले स्याङ्जाको वालिङमा गरिएको स्मृति दिवसमा भने,“अरुलाई दोश थोपरेर भन्दा आफै बाट सुधारीनु जरुरी छ ।” कांग्रेसमा अनुशासनको खाँचो ट्टकारो रुपमा देखिएकाले यसलाई आत्मासात गर्न नेतृत्वलाई रेग्मीले सुझाव दिए । जिल्लाका तिन वटै क्षेत्रमा रहेका विपिको शालिकमा नेपाली कांग्रेस स्याङ्जाले फुलमाला अर्पण गर्दै विपिलाई सम्झेका छन् ।

वालिङमा भएको कार्यक्रममा नेपाली कांग्रेस महासमिति सदस्य छाँयाराम खनाल, महाधिवेसन प्रतिनिधि कल्पना तिवारी, पुर्व कार्यबहाक सभापति मुक्तिप्रसाद सुवेदी, क्षेत्रीय सभापति अर्जुनप्रकाश अर्याल, वालिङ र भीरकोट नगर सभापति दिलिपप्रताप खाँण, तोयनाथ अर्याल, ट्रेड युनियन कांग्रेसका अध्यक्ष ध्रुवशर्मा पंगेनी, वालिङ नगरका कार्यबहाक सभापति भीमलाल सुवेदी महिला नेतृ सिमा केसी, वडा सचिव तोलाकान्त वगाले लगायतका बक्ताहरुले विपिले मुलुकको परिवर्तनमा खेलेको भुमिकाको बारेमा चर्चा गरेका थिए । विपिको शालिकमा कोण सभा गरी विभिन्न ठाँउमा बृक्षारोपण समेत सम्पन्न गरेको नेपाली कांग्रेस स्याङ्जाले जनाएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah