नई प्रकाशनको सम्मान नलिने घोषणा गरेर माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले राम्रो काम गरे भन्ने चर्चालाई किन र कसरी पछी हटेभन्ने विषयमा ओझेलमा पारिदिएको छ ।
सम्मानमा रमाउने बानी परेका प्रचण्डले पहिला यो पुरस्कार स्वीकार गरेको तर पार्टीभित्रैबाट चर्को विरोध भएपछि पछी हट्न बाध्य भएका हुन् ।
माओवादी केन्द्रका पोलिट्ब्युरो सदस्य बलराम तिमल्सिना ‘विप्लव’ले आफ्नो फेसबुक वालमा लेखेको स्टाटसले यसको पुष्टि गर्दछ । तिमिल्सिनाले अहिलेसम्मकै कडा र गम्भीर अर्थ लाग्ने स्टाटस लेखेको छन् । उनले नई प्रकाशनको ‘त्रिमूत्री र शताब्दी व्यक्ति’ सम्मान स्वीकार गरेको खबरलाई दुःखद् र लाजमर्दो कुरा भएको भन्दै प्रचण्डको फोटो नै मुख विगारेर हेर्न बाध्य भएको लेखेका छन् ।
पेरिसडाँडामा देशभरका नेताहरु जम्मा भएको बेला तिमिल्सिनाको स्टाटस लेख्दै प्रचण्ड सचिवालयका सदस्यहरुलाई लाटागाँडा र भातमरुवा समेत भनेका छन् ।
जनवादी साँस्कृतिककर्मी थापाले यो सम्मान लिनु माओवादी साँस्कृतिको विघटन भएकोले आफूले विरोधको झण्डा उठाएको लेखेका छन् ।
यस्तो छ बलरामको स्टाटस
‘अध्यक्ष प्रचण्ड । आज एउटा दुखद् खबर पढियो र लाजमर्नु फोटो पनि मुख विगारेर हेर्न बाध्य भैयो । नई प्रकाशनले तपाईँलाई दिने भनेको त्रिमूर्ती सम्मान र शताब्दी सम्मान पुरस्कार स्वीकार गर्न तपाइँँलाई के कुराले तयार गर्र्यो ? केन्द्रीय कार्यालयका लाटागाँडाहरु भात मात्रै खान्छन् कि सोच्छन् पनि ? सांस्कृतिक विघटनको यो पर्यावरणमा यति बोल्नु आवश्यक ठानियो । रिसानी माफ होस् । रिसाउँने नै भएपनि परेको व्यहोरौला । विरोधको झण्डा उठेको सम्झनोस् ।’

यो स्टाटसबारे माओवादी केन्द्रका जारी बैठकमा समेत छलफल भएको बताइएको छ ।
अनलाइन डबली बाट साभार गरिएको



