एजेन्सी । तस्विर यस्तो एउटा जीवन्त इतिहास हो जसले हजार शब्दले बोल्न नसकेका कुरा एक तस्विरले नै बोल्न सक्छ । शब्दहरुले बताएका हजार बात झुट हुन सक्छ तर एउटा तस्विरले कहिल्यै झुट बोल्दैन ।

कहिलेकाहि समयसँगै यस्ता तस्विर भेटिन्छन् । जुन् एकदमै दुर्लभ मात्रामा भेटिने गर्दछन् । विश्वमा भैरहने भोकमरी, युद्ध, प्राकतिक विनाशले यस्ता दुखद परिस्थिती र संयोजवस फोटोग्राफरले आफ्नो क्यामेरामा कैद गर्न सफल भएका केहि दुर्लभ तस्विरहरु छन् यहाँ । सायद यी तस्विर हेरेपछि मन नछुने विरलै होलान् ।

१. कोलम्वियाको ज्वालामुखि :

फोटोग्राफर फ्राङ्क फुर्नीयरले दुखद अवस्थामा माटो र भवनको विचमा अड्केका बालकको तस्विर खिच्न सफल भएका थिए । यो तस्विर १९८५ मा कोलम्वियामा गएको ज्वालामुखिको बेला हो । जसले एउटा पुरै शहर जमिनमुनी भासिएको थियो भने २५, ००० जनाको मृत्यु भएको थियो ।

 

२. सिंहको मुटुको अप्रेसन :

 

२००५ मा पुलीत्जर पुरस्कार जित्न सफल यो तस्विर डेनी फिजमोरिकले लिएका हुन् । ‘सिंह मुटुको अप्रेसन ‘नाम दिईएको यस तस्विरको कथा चाहि ९ वर्षीय इराकी बालकको हो । जो तत्कालीन आधुनिक द्धन्द्धको हिंसामा नराम्रोसंग घाईते भएका थिए ।

 

३. यमन युद्धमा बालक :

 

यी ५ महिने बालक युद्धको दौरान यमनमा जन्मे र मृत्युसंग लडे, तर मृत्युलाई जित्न भने सकेनन् । युद्धको समयमा जन्म र खानेकुरा नपाएर मृत्यको मुखमा पुगेका यी बालकको तस्विर मर्नुभन्दा एकदिन अगाडि फोटोपत्रकार उडाइ फैसलले लिएका हुन् ।

४. सुनामी पछि :

एउटा क्षणलाई प्रस्तुत गर्ने यो तस्विर भारतको तामीलमा सुनामी आएको बेला रायटर्सका फोटोपत्रकार एर्को दत्तले लिएका हुन् । यो तस्विरले २००४ को विश्व फोटो अर्वार्ड पनि जितेको थियो ।

५.वल्र्ड ट्रेड सेन्टर :

दुईटा जम्ल्याहा टावर द वल्र्ड ट्रेड सेन्टर मा विमान ठोक्काई दिएपछि निस्केको धुवाँको मुस्लो ।

 

६. एक्लैको शक्ती :

 

२००६ मा इजरायली अधिकारी अर्को तर्फबाट आएको बललाई रोक्दै । धेरै सर्बसाधारणले सैनिक शासन भोग्नुपरेको थियो । यो तस्विर द्धन्द्धको समयमा ईजरायली फोटोपत्रकारले खिचेका हुन् । जहाँ एउटा साहसिक महिलाले प्रहरीको बललाई रोक्दै छिन् ।

७. खुट्टामुनी बन्दुकका गोली :

लस एन्जलका फोटोग्राफर क्यारोलीन कोलले लाइबेरिया गएको बेला खिचेको तस्विर हो । यो तस्विरले लाइबेरियाको भयानक ‘सिभील वार’लाई देखाउदछ ।

 

 

८. भोकमरीले कसैलाई चिन्दैन :

 

चाहे उ गरिब दशको होस् या गरिब । सुदिप्ता मौलीकले लिएको यस तस्वीरमा दर्जनौ मानिसहरु खानाको लागी भगवानसंग प्राथना गरिरहेका छन् ।

 

९. गरिबी :

 

खानाको लागी नरिवल बेच्न हिडेका यी व्यक्ति साथमा आफ्नो छोरासहित । यो भारतको जयपुर गाउँको हो ।

 

१०. सुडानको भोकमरी :

 

 

 

 

 

दक्षिण सुडानको यो तस्विर भोकमरीले सताएका बालकहरूको हो । यहाँ कैयौँ व्यक्ति भोकमरीले ग्रसित छन् ।

 

११. मृत्युसँग लड्दै :

 

सिरियामा भइरहेको सिभिल वारको समयमा मृत्युसँग लडिरहेका यी व्यक्ति ।

 

१२. गिद्ध र सानी बालीका :

गिद्धले ती बालीकालाई मर्छ अनि आफ्नो आहारा बन्छ भनेर पर्खिरहेको छ । १९९३ मा सुडानमा भोकमरीको बेला फोटोपत्रकार क्याभिन कार्टरले लिएको तस्विर हो । यो तस्विर खिचेपछि पत्रकारले आत्यहत्या गरेका थिए ।  नेपाली पत्र बाट साभार गरिएको 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah