प्रेस स्वतन्त्रता सेनानी एल.एल. शर्माको स्मृतिमा स्थापित एस.एल.शर्मा सिर्जनशील पत्रकारीता पुरस्कार यस बर्ष पत्रकार बिष्णु सुब्बालाई प्रदान गरिने भएको छ ।
नेपाल पत्रकार महासंघ झापा शाखाका अध्यक्ष तारामणी सापकोटाको अध्यक्षतामा बसेको छनौट समितिको बैठकले यस्तो निर्णय गरेको हो । पत्रकार सुब्बा बिगत १६ बर्ष देखि झापाको पत्रकारीतामा क्रियाशिल हुनुहुन्छ ।
यस्तै पार्वता देवि पत्रकारीता प्रोत्साहन पुरस्कार पत्रकार मुक्ति पौडेलकी श्रीमती मीना भण्डारी पौडेललाई प्रदान गरिने भएको छ । पुरस्कार छनौट समितिमा दाता परिवारका सदस्य भाष्कर शर्मा र अघिल्लो बर्ष पुरस्कृत ब्यक्तित्व राजबाबू शंकर रहनु भएको थियो ।
झापाका पहिलो पुस्ताका अग्रज पत्रकार एस.एल. शर्माको स्मृति दिवसका दिन निर्णय गरिएको यो पुरस्कार प्रत्येक बर्षको चैत्र १६ गते प्रेश स्वतन्त्रता दिवसका दिन प्रदान गरिदै आएको पत्रकार महासंघ झापाका सचिव सन्तोष आचार्यले जानकारी दिनु भयो ।



