संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले नारायणहिटी सङ्ग्रहालय भित्रबाट बतास समूहलाई हटाउने प्रक्रिया अगाडि बढाउने बताउनु भएको छ । आज बिहीवार सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै मन्त्री आलेले नारायणहिटी सङ्ग्रहालयमा रेस्टुरेन्टलगायतको भौतिक संरचना निर्माण गरिरहेको बतास समूहलाई त्यहाँबाट हटाउने बताउनुभएको हो ।उहाँले याे समूहलाई कुन प्रक्रिया मार्फत हटाउने भन्ने विषयमा आफू छलफलमा रहेको बताउनुभयो ।

मन्त्री आलेले मन्त्रीस्तरबाट वा मन्त्रिपरिषद बाटै निर्णय गरेर भए पनि हटाएरै छाड्ने बताउनुभयो । उहाँले आज नै नारायण हिटीमा अवलोकनका लागि जाने पनि उल्लेख गर्नुभयो । मन्त्री आलेले भन्नुभयो, ‘सङ्ग्रहालयमा जुन गतिविधि भएको छ, आज पावरमा भएको बेला एउटा व्यक्तिले लिजमा लिने, भोलि अर्को पावरमा भएको बेला अर्कोले लिने ।पर्सि अर्को पावरमा भएको बेला अर्कोले लिने। यो गर्दै जाँदा पूरै वातावरण नै धमिलो हुन्छ । त्यसको संरक्षणको निमित्त चाहे मन्त्रिस्तरबाट होस्।

चाहे क्याबिनेटबाट होस् यो हामी हटाएरै छोड्छौँ। नारायणहिटी राजदरबारको कुरा आएको हुनाले यो विषयमा मौखिक हामीले त्यो रोकेका छौँ । फेरि त्यसलाई कुन प्रक्रियाबाट हटाउन सकिन्छ भन्ने सबालमा हामी छलफलमा छौँ ।’ उहाँले नारायणहिटी सङ्ग्रहायल भित्र बतास समूहको प्रवेशको सम्बन्धमा छानबिन सुरु गरिएको बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah