दाइको जीवन जोगाउन भाइले आफ्नो कलेजो दान गरेका छन् । भाइको कलेजको ६० प्रतिशत हिस्सा लिएर कैलाली धनगढीका ३८ वर्षीय जीवन पुजाराले नयाँ जीवन थालेका हुन् ।कलेजो लिने जीवन पुजारा(बायाँ) र दिने कृष्ण पुजारा(दायाँ) ​चितवन मेडिकल कलेजका चिकित्सक तथा प्राविधिकहरुसँग । तस्बिर : रमेशकुमार पौडेल/कान्तिपुर,चितवन मेडिकल कलेज (सीएमसी) को शिक्षण अस्पतालमा उनको कलेजो प्रत्यारोपण भएको हो । माइला भाइ ३२ वर्षीय कृष्णले दाइ जीवनलाई कलेजो दान गरेका हुन् ।

नेपालमा २०७३ मंसिरमा कलेजो प्रत्यारोपण सेवा सुरु भएको थियो । उपत्यकाबाहिर पहिलो पटक गत चैत ८ मा सीएमसीको शिक्षण अस्पतालमा कलेजो प्रत्यारोपण भएको थियो । त्यसयता सीएमसीले पुजारासमेतको गरेर ६ जनामा कलेजो प्रत्यारोपण गरेको छ । जसमध्ये पुरुषले कलेजो दान गरेको यो पहिलो रहेको अस्पताल निर्देशक डा. दयाराम लम्सालले बताए ।प्रत्यारोपणमा संलग्न डा. सञ्जयकुमार यादवले १८–५० वर्षका स्वस्थ व्यक्तिले कलेजो दान गर्न सक्ने बताए । जसका लागि कलेजो लिने–दिने व्यक्तिको रक्त समूह मिल्नुपर्छ । पारिवारिक सदस्यबाट मात्रै कलेजो लिन पाइने कानुनी प्रावधान छ । जीवनको हकमा कलेजो दिन भाइ कृष्ण सहजै तयार भए । परीक्षण र अन्य प्रक्रियापछि पुस ४ मा कृष्णको कलेजोको ६० प्रतिशत जीवनको शरीरमा सारियो । ‘दाइलाई जोगाउनु मेरो कर्तव्य हो । परीक्षणपछि दिन मिल्छ भने दिन्छु भनेर तयार भएँ,’ कृष्णले भने ।

धनगढी–१९ का जीवन डेढ वर्षदेखि बिरामी थिए । उपचार गराउन नेपालगन्ज आएका बेला कलेजोमा समस्या भएको थाहा पाए । प्रत्यारोपण नै गर्नुपर्ने भनेपछि सीएमसी आएको उनले बताए । ‘पेट डम्म फुल्ने, शरीरमा पानी जम्ने, खाना नपच्ने जस्ता समस्या देखिएको थियो । फोक्सोमा पनि पानी जमेर सुत्नै नमिल्ने भएको थियो । अहिले त खाना पच्न सुरु भएको छ,’ उनले भने । १३ जना चिकित्सकसहित २५ जनाको टोलीले १२ घण्टा लगाएर प्रत्यारोपण सकेको थियो । यो टोलीमा भारतको एपोलो अस्पतालका ३ चिकित्सक पनि सामेल रहेको सीएमसीले जनाएको छ ।

रोगका कारण कलेजको ५०–६० प्रतिशत हिस्सा बिग्रँदासम्म खासै गम्भीर लक्षण देखिँदैन । बिग्रने दर त्यो भन्दा बढेमा प्रत्यारोपण गर्नुको विकल्प नहुने डा. यादव बताउँछन् । ‘समयमै प्रत्यारोपण गरे जीवन बाँच्न सक्छ । नभए ६ महिनादेखि बढीमा २ वर्षसम्मको आयु रहन्छ,’ डा. यादवले भने । प्रत्यारोपण गरिएको ४–६ महिनामा कलेजो लिने र दिने दुवैको कलेजो ९०–९५ प्रतिशतसम्म विकसित हुने उनको भनाइ छ ।जीवन शुक्रबार र कलेजो दिने भाइ कृष्ण एक सातापछि नै अस्पतालबाट डिस्चार्ज भएका थिए । ‘म सामान्य अवस्थामा आइसकेँ । कुनै अप्ठ्यारो छैन,’ सीएमसीले शुक्रबार गरेको पत्रकार सम्मेलनमा कृष्णले भने । दाइ जीवनले पनि आफ्नो स्वास्थ्य मा धेरै नै सुधार भएको बताए ।

प्रत्यारोपण शुल्क १५ लाखसमेत गरेर २५ लाखजति खर्च भयो,’ उनले भने ।सीएमसीमा एउटा प्रत्यारोपण असफल भएको छ । भरतपुर–६ का बोधराज पौडेलको गत असोजमा मृत्यु भएको थियो । प्रत्यारोपणमा सावधानी नअपनाएको भन्दै उनका परिवारले कारबाही अघि बढाएका छन् । सीएमसी अध्यक्ष डा. हरिशचन्द्र न्यौपानेले भने, ‘हामीले लापरबाही गरेको होइन, उहाँको शरीरमा प्रतिरोधी क्षमता कम भएर बचाउन नसकिएको हो ।’

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah