नयाँदिल्ली,७ साउन ।
प्रदेश र संघमा छलफल गर्ने ठाउँ छ : कोस्यारी –

भारतीय जनता पार्टी (भाजपा)ले नेपालको राष्ट्रिय जनता पार्टी (राजपा)लाई २ असोजको स्थानीय निर्वाचनमा सहभागी हुन सुझाब दिएको छ । उसले मधेस समस्या समाधानको प्रयास गर्न सत्तारुढसहित प्रमुख दलहरूलाई पनि आग्रह गरेको छ । स्थानीय तह अधिकारसम्पन्न हुँदा नेपालको स्थायित्वमा सहयोग पुर्याउने र त्यो भारतको दीर्घकालीन हितमा पनि हुने उसले बताएको छ ।

‘हाम्रो राजनीतिक नेतृत्वले नजिकको शुभेच्छुकका नाताले मधेसीदेखि सबैसँग भनेको छ कि स्थानीय तहले अधिकार पाउनुपर्छ, यसका लागि मधेसी दलहरू पनि स्थानीय निर्वाचनमा सहभागी हुनुपर्छ,’ भारतीय जनता पार्टीका पूर्वउपाध्यक्ष भगतसिंह कोस्यारीले नयाँ पत्रिकासँग भने । स्थानीय चुनावले लोकतन्त्र सुदृढ हुने र स्थिरताका लागि सहयोग पुर्याउने भारतको निष्कर्ष रहेको र यो भारतको बृहत्तर हितमा पनि रहेको उनको भनाइ छ । ‘हामीले स्थानीय निर्वाचनमा दायाँबायाँ नगरी सहभागी हुन मधेसी दलहरूलाई भनेका छौँ र समस्या समाधानका लागि निरन्तर प्रयत्न गर्न बाँकी दलहरूलाई पनि आग्रह गरेका छौँ,’ उनले भने ।

प्रदेश र संघमा छलफल गर्ने ठाउँ छ : कोस्यारी
कोस्यारीले मधेसका समस्याबारे प्रदेश र संसदीय निर्वाचनका वेला छलफल गर्ने ठाउँ रहेको, तर स्थानीय तहसँग त्यो सम्बन्धित नरहेको भारतीय बुझाइ रहेको बताए । ‘भोलि प्रान्त र संसदीय चुनावका वेला आफ्ना विषय उठाए भइहाल्यो, स्थानीय तहसँग त्यसको के लेनादेना छ ?’ उनले भने, ‘असन्तुष्टि समाधान गर्दै जानुपर्ला, तर त्यो भनेर जनताले अधिकार पाउने लोकतान्त्रिक प्रक्रिया रोक्नुहुँदैन । यसलाई कसैले पनि इगो वा प्रतिष्ठाको विषय नबनाई स्थानीय चुनावमा जानुपर्छ । स्थानीय तहको चुनाव गराउनुस्, अरू लडाइँ गर्नुछ वा केही गर्नुछ भने उपयुक्त समयमा गर्नुस् ।’

‘दोकलामले नेपाल–भारत सम्बन्धमा फरक पर्दैन’
भारत, चीन र भुटानबीचको त्रिदेशीय बिन्दु दोकलाममा बढेको विवादले नेपालसँग भारतको सम्बन्ध प्रभावित नहुने कोस्यारीले बताए । नेपालले चीनसँग गरेका सन्धि–सम्झौता कार्यान्वयनमा भारत बाधा नहुने उनको भनाइ छ । ‘नेपाल सार्वभौम मुलुक हो । हामी नेपाललाई यो गर, त्यो नगर भन्न सक्दैनौँ । चीनसँग कुरा नगर, भारतसँग मात्रै गर भन्न हामी चाहँदैनौँ,’ कोस्यारीले भने, ‘चीनसँगको विवादले नेपालसँग हाम्रो सम्बन्धमा फरक पर्दैन । हामी हाम्रो चिन्ता गर्छौँ । सार्वभौम नेपालले चीनसँग गर्ने सन्धि–सम्झौता उसको काम हो, यो हाम्रो मामिला होइन । त्यसले नेपाल र भारतको पम्परागत सम्बन्धमा केही फरक पर्नेवाला छैन ।’

नेपाल र भारतबीच अहिले कुनै समस्या नरहेको उनको विश्लेषण छ । ‘ब्लड इज थिंकर द्यान वाटर भनेजस्तो छ नेपाल–भारत सम्बन्ध । सबै गंगा, काली, कोसीका पुत्र हुन् । बीचबीचमा उत्पन्न विमति समाधान हुँदै गएका छन् । अहिले हाम्रो समझदारीमा कुनै समस्या छैन,’ कोस्यारीले भने ।

देउवालाई अतिरिक्त व्यवहार हुँदैन
कोस्यारीले नेपालका प्रधानमन्त्री शेरबहादुर देउवालाई भारतले अतिरिक्त व्यवहार नगर्ने बताए । ‘उनको के सन्देश हो, उनलाई के सन्देश हो, कूटनीतिक मामिला हेर्नेहरूले यसमाथि काम गरिरहेका छन्,’ कोस्यारीले भने, ‘हाम्रा लागि प्रचण्डजी, ओलीजी, देउवाजी सबै मित्र हुन् । अरूको भन्दा बेग्लै देउवालाई अतिरिक्त व्यवहार हामी गर्दैनौँ, सबै मित्र हुन् ।’ देउवाको भ्रमण १ देखि ३ भदौसम्म हुने गरी गृहकार्य भइरहेको छ ।

‘बंगालले स्वीकार गरे गोर्खाल्यान्ड’
भाजपाको लोकसभाका सांसदसमेत रहेका कोस्यारीले पश्चिम बंगाल सरकारले स्वीकार गरेमा केन्द्र सरकारले क्षणभरमै गोर्खाल्यान्ड राज्य अनुमोदन गर्ने पनि बताए । तर, यसलाई नेपालको समस्यासँग जोड्नु नहुने उनको भनाइ छ । ‘पश्चिम बंगाल सरकारले आजै पास गरेर बेग्लै राज्य बनाउन सहमति दिन्छ भने केन्द्र सरकारले त्यसलाई अनुमोदन गरिदिन्छ र गोर्खाल्यान्डका लागि बाटो खुला गरिदिन्छ । यसमा केन्द्र सरकारलाई समस्या छैन,’ कोस्यारीले भने, ‘बंगाल सरकारले लेखेर दिँदैन भने हामीले के गर्न सक्छौँ ? यो बंगाल सरकारका कारण समस्या आइरहेको छ ।’

‘इपिजी गैरसरकारी समूह’
कोस्यारीले नेपाल भारत प्रबुद्ध व्यक्ति समूह (इपिजी) सरकारद्वारा मान्यताप्राप्त गैरसरकारी समूह भएको भन्दै यसको प्रतिवेदन कार्यान्वयन गर्ने–नगर्ने सरकारको हातमा रहेको बताए । ‘यो समूहले भारत र नेपालका हितबारे चिन्ता चासो व्यक्त गरिरहेको छ । दुवै सरकारले विश्वास गरेर समिति बनाएका छन् । सरकारको विश्वासमा हामी आँच आउन दिनेछैनौँ । कार्यान्वयन गर्ने कि नगर्ने भन्ने सरकारको कुरा हो,’ कोस्यारीले प्रस्ट्याए, ‘हामी जुन सौहार्दपूर्ण वातावरणमा कुराकानी गरिरहेका छौँ, सहमतिको बिन्दुमा पुग्छौँ । सरकारले आत्मसात् गर्नेछ भन्ने मलाई लाग्छ ।’नँया पत्रिकाबाट

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah