फिल्म निर्माता एवं साउथका सुपरस्टार महेश बाबुको ठूलो दाजु रमेश बाबु गरुको निधन भएको छ । उनी लामो समयदेखि बिरामी थिए । रमेश बाबु सुपरस्टार कृष्णाका छोरा थिए । रमेशको निधनमा साउथका थुप्रै कलाकारहरुले शोक व्यक्त गरेका छन् । महेश बाबु को,रोना संक्र,मित भएको बेलामा दाजु रमेशको निधन भएको हो । रमेश पनि साउथ इन्डस्ट्रीमा परिचित थिए ।उनले १९७४ मा ‘अल्लुरी सीतारामाराजु’बाट पर्दामा डेब्यु गरेका थिए । त्यसपछि उनले थुप्रै तमिल फिल्ममा पनि काम गरे । भाई महेशसँग रमेशले थुप्रै फिल्ममा काम गरेका छन् ।साउथ सुपरस्टार महेश बाबुका दाजु रमेश बाबुको निध,न भएको छ । शनिबार अबेर राती उनको नि,धन भएको हो ।
५६ वर्षका अभिनेता तथा निर्माण रमेश बाबु लामो समयदेखि कलेजो सम्बन्धी रोगसँग जुधिरहेका थिए । रमेश बाबुको नि,धनको खबर यस्तो समयमा आएको छ जतिबेला महेश बाबु आफैं कोरोना पोजेटिभ छन् र आइसोलेसनमा बसिरहेका छन् ।रमेश बाबुको निध,नको खबर सार्वजनिक भएपछि दक्षिण भारतीय फिल्मका फ्यान र साउथ इण्डष्ट्रीका सेलिब्रेटीहरुले उनीप्रति श्रद्धाञ्जली व्यक्त गरेका छन् । फिल्म निर्माता बीए राजुले रमेश बाबुप्रति श्रद्धाञ्जली व्यक्ति गर्दै शुभचिन्तकहरुसँग उनको अन्तिम संस्कार र अन्तिम यात्राका क्रममा को,रोना गाइडलाइनको ख्याल गर्न आग्रह गरेका छन् । सुपरस्टार चिरञ्जीवी, साइ धरम तेज लगायतले पनि सामाजिक संजालमार्फत श्रद्धाञ्जली दिएका छन् ।
थप् समाचार :यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) आगामी वैशाखमा हुने भएको छ । कोरोना महामारीका कारण असारमा मात्र पठनपाठन सुरु भएकाले करिब एक महिना ढिलो गरी एसईई लिने तयारी गरिएको हो । नियमित तालिकाअनुसार चैतमा एसईई हुने गर्थ्यो ।शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सहसचिव तथा प्रवक्ता दीपक शर्माले ७७ वटै जिल्ला र पालिकाबाट चैतभरि पठनपाठन गर्ने सुझाव आएकाले एसईई वैशाखमा लिने निर्णय गरिएको बताए । यसअघि संसदीय समितिले एसईई परीक्षा ‘खारेज गर्न’ सुझाव दिएको थियो ।
तर कुनै पनि शैक्षिक तहको परीक्षा खारेजभन्दा परिमार्जन गर्न उपयुक्त हुने सुझाव विज्ञले दिएका थिए । राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष महाश्रम शर्माले परीक्षाबारे आन्तरिक गृहकार्य भइरहेको जनाए । नवनियुक्त अध्यक्ष शर्माले भने, ‘चाँडै बोर्ड बैठक बसेर निर्णय गर्छौं । त्यसपछि सूचना सार्वजनिक हुन्छ ।’कोरोना महामारीका कारण दुई वर्षयता अनलाइन/भर्चुअल माध्यमबाट पठनपाठन सञ्चालन गरिँदै आएको छ । आर्थिक अवस्था कमजोर रहेका तथा दुर्गम भेगका विद्यार्थीको भर्चुअल कक्षामा पहुँच विस्तार हुन सकेको छैन । देशभरका विद्यालयले विद्यार्थीको मूल्यांकन गरी प्राप्तांक पठाएपछि त्यसैअनुसार परीक्षा बोर्डले प्रमाणित गरेर नतिजा प्रकाशित गर्ने गरेको छ । गत वर्ष ५ लाख १७ हजार विद्यार्थी एसईईमा सामेल थिए । यो वर्ष परीक्षार्थी संख्या यकिन हुन बाँकी छ ।
मन्त्रालयले नयाँ शैक्षिक सत्र २०७९ को पठनपाठन वैशाखमै सुरु गर्ने तयारी गरेको जनाएको छ । त्यसनिम्ति कक्षा १ देखि १० सम्मको पाठ्यपुस्तक छपाइ प्रक्रिया चलिरहेको छ । विद्यालय तहमा ७२ लाख जति विद्यार्थी पढ्छन् ।पाठ्यक्रम विकास केन्द्रका निर्देशक तथा प्रवक्ता गणेश भट्टराईका अनुसार आगामी शैक्षिक सत्रका निम्ति ४, ७ र ९ कक्षामा नयाँ पाठ्यपुस्तक लागू हुनेछ । ‘अनिवार्य पाँच विषयको पाठ्यपुस्तक नयाँ छापिन्छ,’ उनले भने, ‘४ र ७ कक्षाको सीआरसी (क्यामरा रेडी कपी) तयारी भएर छपाइका निम्ति जनक शिक्षामा पठाइसकिएको छ । अब कक्षा ९ का तीन विषयको सीआरसी बन्ने क्रममा छ । चाँडै पठाउँछौं ।’
जनक शिक्षा सामग्री केन्द्रका प्रबन्ध सञ्चालक अनिल झाले अन्य कक्षामा अघिल्लो वर्षमा छापिएका पुस्तकसमेत बाँकी रहेकाले यस पटक धेरै पाठ्यपुस्तक छाप्नु नपर्ने बताए । नियमानुसार शैक्षिक सत्र सुरु हुनु एक महिनाअघि पाठ्यपुस्तक छापिइसक्नुपर्छ ।



