अमेरिकामा कोरोना संकटका बीच पछिल्लो समयमा चमेराका कारण ५ जनाले ज्यान गुमाएका छन् । अमेरिकाको रोग नियन्त्रण तथा रोकथाम केन्द्रका अनुसार चमेराका कारण फैलिएको रोगका कारण उनीहरूको ज्यान गएको हो । चमेराका कारण रेबिज फैलिँदा मानिसहरूको मृत्यु भएको घटनालाई निकै गम्भीर रुपमा लिइएको छ । सिडिसीको रिपोर्ट अनुसार गत वर्ष अमेरिकामा पाँच जनाको रेबिजबाट मृत्यु भएको थियो जसमा तीन जनाको मृत्यु रोग लागेको पाच सातामै भएको थियो । विश्वमा रेबिज रोग मुख्यतया कुकुरको टोकाइबाट सर्ने भएता पनि चमेराले टोक्दा पनि रेबिज फैलिन सक्दछ । रेबिज फैलाउने चमेरालाई रेबिड ब्याट्स भनिन्छ । अमेरिकामा रेबिज संक्रमणमध्ये ७० प्रतिशत रेबिज संक्रमण चमेराबाटै हुने गरेको छ । सिडिसीले चमेरासँग हेलमेल नगर्न र चमेरा देख्ने बित्तिकै सरकारी निकायलाई खबर गर्न अनुरोध गरेको छ ।
अमेरिकामा चमेराले लियो ५ जनाको ज्यान
सवालनेपालसंवाददातामंगलबार, २७ पुस २०७८

अमेरिकामा चमेराले लियो ५ जनाको ज्यान
यो समाचार शेयर गर्नुहोस्:
सम्बन्धित विषयहरू:## स्वास्थ्य

« यो पनि पढ्नुहोस्
नेपालमा उच्च रक्तचापका बिरामीको संख्या बढ्दै

यो पनि पढ्नुहोस् »
निजी अस्पतालमा १६ गतेदेखि बीमाले आकस्मिक बाहेकमा काम नगर्ने
प्रतिक्रियाहरू0
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार व्यक्त गर्ने पहिलो बन्नुहोस्!
आफ्नो प्रतिक्रिया लेख्नुहोस्
तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।
सम्बन्धित खबर

नेपालमा उच्च रक्तचापका बिरामीको संख्या बढ्दै
बुधबार, १३ जेठ २०८३
निजी अस्पतालमा १६ गतेदेखि बीमाले आकस्मिक बाहेकमा काम नगर्ने
बुधबार, १३ जेठ २०८३
आजको मौसमः तराईका धेरै स्थानहरूमा हुस्सु र कुहिरो
आइतबार, १४ माघ २०८१
झापास्थित बिएन्डसी अस्पतालले मेडिकल कलेजको मान्यता पायो
बुधबार, ६ असार २०८१
झापामा स्वास्थ्य बिमा दर्ता सहयोगी आन्दोलित, कार्यालयमा धर्ना दिँदै गरे नाराबाजी
बिहीबार, ३१ जेठ २०८१



