धनसम्पति आर्जन गर्नका लागि मेहनत गर्नुको विकल्प छैन । कुनै काममा लगनशिलताका साथ लाग्दा धन आर्जन हुन्छ । कुनै नयाँ खालको काम वा त्यसलाई तपाईले दिएको महत्वले तपाईको कामबाट कमाइ हुने कुरा निर्धारण हुन्छ ।तर हिन्दू धर्म शास्त्रका अनुसार धनी बन्न वा पैसा कमाउनका लागि व्यक्तिको भाग्यमा भर पर्छ ।तपाईको भाग्य राम्रो छ भने तपाईले सजिलै धन आर्जन गर्न सक्नुहुन्छ । तर यदी तपाईको भाग्यमा छैन भने जति मिहेनत र लगनशिता भएपनि तपाइको काम बन्ने छैन ।जन्म सयम, स्थानका आधारमा व्यक्तिको राशी, उसको कुण्डली तयार हुन्छ ।व्यक्तिको जन्मसमय अनुसार उसमा ग्रहहरुको प्रभाव रहने गर्छ ।ज्योतिष शास्त्र अनुसार केही राशी भएका व्यक्तिले सजिलै धन कमाउन सक्छन् ।१२ राशिमध्ये ४ राशिका ब्यक्तिलाई उनीहरुको भाग्यले नै धनी बन्न साथ दिन्छ । यी ४ राशिका ब्यक्तिले धेरै नै सम्पति कमाउँन सक्ने ज्योतिष शास्त्रमा उल्लेख गरिएको छ ।

वृष राशि:वृष राशिका जातकमा सुन्दर र विलाशी सामान किन्ने शौख हुन्छ ।औसत ब्राण्डका सामग्री यी राशिका ब्यक्तिलाई मन पर्दैन । तसर्थ यी राशिका ब्यक्ति स्वतः धेरै धन कमाउन लालायीत हुने गर्दछन् । साथै वैभव प्राप्तिका लागि पनि यस राशिका ब्यक्तिलाई भाग्यमानी मानिन्छन् । उनिहरुलाई धनी बनाउन राशि नै सहायक बन्ने गर्दछ ।

वृश्चिक राशि:धनी बन्ने सूचीमा वृश्चिक राशिका जातक पनि पर्दछन् । यस राशिका ब्यक्तिलाई भौतिक वस्तुको आकर्षण हुने गर्दछ ।ठूला घर, कार, ब्यापार ब्यवसाय प्रति उनिहरु लिप्त हुन्छन । दृढ निश्चयी भएका कारणले पनि सम्पति कमाउने मामलामा वृश्चिक राशिका ब्यक्ति आफै पनि मेहनत गर्दछन् भने भाग्यले पनि साथ दिने गर्दछ ।

कर्कट राशि:कर्कट राशिका जातकलाई धन, सम्पति कमाउन भाग्यले नै साथ दिने गर्दछ । यी राशिका ब्यक्ति अवसरका खोजिमा हुन्छन् । जहाँ उनिहरुको रहर पूरा गर्न राशि नै सारथी बनिदिन्छ ।कर्कट राशिलाई स्वभावत स् धनी बनाउन उनिहरुको आकांक्षा र भाग्य बलियो हुने गर्दछ । यी राशिका ब्यक्ति जग्गाजमिनको कारोबारबाट चाडैं धनि बन्ने गर्दछन् ।

सिंह राशि:सिंह राशिका जातकलाई भीडका बिचमा आफ्नो पहिचान बनाउने शौख हुन्छ । उनिहरु अन्य राशिका ब्यक्ति भन्दा फरक हुने चाहाना राख्दछन् । साथै उनिहरुलाई सम्पतिको मामलामा राशिले पनि साथ दिने गर्दछ । महंगा कार, गरगहना, रुपैयाँ पैसाको चाहाना उनिहरुको सामान्यतया पूरा हुन्छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah