माघ १ गते थारू र मगर समुदायले टुँडिखेलमा मनाउने माघी महोत्सव स्थगित भएको छ । कोरोना बढेका कारण काठमाडौं उपत्यकामा २५ जना भन्दा बढी भेला हुन नपाइने स्मार्ट लकडाउन गरिएपछि माघी महोत्सव स्थगित गरिएको हो । थारू माघी महोत्सवका सांस्कृतिक संयोजक नन्दुराज चौधरीका अनुसार टुँडिखेलको विकल्पको रूपमा अनमानगरस्थित तमु बौद्ध सेवा समितिमा कार्यक्रम गरिँदैछ । संयोजक चौधरीले भने, ‘माघ १ गते थोरै मान्छेको उपस्थितिमा कार्यक्रमलाई सामान्य औपचारिकता दिइने छ ।’ यस वर्ष कुनै मेला महोत्सव नगरी मगर समुदायलाई घर घरमै माघी मनाउन नेपाल मगर संघले उर्दी जारी गरेको संजोग लाफा मगरले रातोपाटीलाई बताए । उता थरहटको जिल्ला जिल्लामा पनि घोषणा गरिएको थारू माघी महोत्सव धमाधम स्थगित हुँदैछ । माघीको अवसरमा चितवनमा गरिने खिचडा महोत्सव स्थागित भएको छ । त्यस्तै, थारू कल्याणकारिणी सभा दाङबाट आयोजना गरिएको माघ महोत्सव स्थगित गरिएको जानकारी सभाका अध्यक्ष भुवन चौधरीले बताए ।
टुँडिखेलमा थारू र मगरको माघी महोत्सव स्थगित
सवालनेपालसंवाददाताबुधबार, २८ पुस २०७८

टुँडिखेलमा थारू र मगरको माघी महोत्सव स्थगित
यो समाचार शेयर गर्नुहोस्:

« यो पनि पढ्नुहोस्
कस्तो रहनेछ आज तपाईको भाग्य ? हेर्नुस आजको राशिफल

यो पनि पढ्नुहोस् »
चुम्लुङ दमकले मनायो ताम्भुङ्चा थिम्बे
प्रतिक्रियाहरू0
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार व्यक्त गर्ने पहिलो बन्नुहोस्!
आफ्नो प्रतिक्रिया लेख्नुहोस्
तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।
सम्बन्धित खबर

कस्तो रहनेछ आज तपाईको भाग्य ? हेर्नुस आजको राशिफल
मंगलबार, १६ माघ २०८१
चुम्लुङ दमकले मनायो ताम्भुङ्चा थिम्बे
मंगलबार, १६ माघ २०८१
भोलेनाथको बार आज कसलाई कति लाभ ? हेरौँ राशिफल
सोमबार, १५ माघ २०८१
ताप्लेजुङमा प्रहरीले गोली चलायो, पाथीभरा क्षेत्रमा 'नो केबलकार' पक्षधर र प्रहरीबीच झडप, १३ जना सुरक्षाकर्मी र आन्दोलनरत पक्षका पाँच जना घाइते
आइतबार, १४ माघ २०८१
गायत्री मन्दिरलाई साझा धरोहर बनाइने
आइतबार, १४ माघ २०८१



