नेकपा एमालेको अध्यक्ष दाबी गरेका नवलपुरका नेता जीवन श्रेष्ठले आफूमाथि अन्याय भएको भन्दै राजनीतिबाट सन्यास लिने घोषणा गरेका छन् । आठौं जिल्ला अधिवेशनमा अध्यक्ष पदका आकांक्षी श्रेष्ठले सर्वसम्मत अध्यक्ष नपाएपछि सक्रिय राजनीति नै परित्याग गरेको घोषणा गरेको जनाएका हुन् । उनी यसअघि एमालेको जिल्ला सचिव र उपाध्यक्ष भइसकेका थिए । यसअघि संविधानसभा सदस्य रहेका श्रेष्ठले मंगलबार साँझ सामाजिक सञ्जालमा अब सक्रिय राजनीतिमा नरही जनताको सेवामा रहने घोषणा गरेका हुन् ।‘पार्टीलाई गाह्रो, अप्ठ्यारो र विभाजनका बखत एकता र सुदृढ गर्दै ‘समृद्ध नेपाल सुखी नेपाली’को आकांक्षा पूरा गर्ने अभियानमा अविछिन्न लागिरहेको र हाल केही असहज परिस्थितिको कारण आजका मितिदेखि सक्रिय राजनीतिबाट विश्राम लिने घोषणा गर्दछु’, श्रेष्ठले सामाजिक सन्जालमा पोष्ट गरेका छन्। एमाले नवलपुर अध्यक्षमा निवर्तमान सचिव श्रेष्ठ र निवर्तमान जिल्ला अध्यक्ष रोशनबहादुर गाहामगरले दाबी गरेका थिए। उनीहरूबीच सहमति नभएपछि अध्यक्ष मण्डलको प्रस्तावमा मुक्तिराम पाण्डेलाई बन्दसत्रले सर्वसम्मत अध्यक्षमा चयन गरेपछि उनले यस्तो धारणा बाहिर ल्याएका हुन् । उमेरले ६५ पुगेका जिल्लाका पाका र अनुभवी नेताले पार्टी छोड्दा ठूलो घाटा हुने प्रेस चौतारीका नेता विद्रोही गिरीले बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय