नेकपा एमालेको अध्यक्ष दाबी गरेका नवलपुरका नेता जीवन श्रेष्ठले आफूमाथि अन्याय भएको भन्दै राजनीतिबाट सन्यास लिने घोषणा गरेका छन् । आठौं जिल्ला अधिवेशनमा अध्यक्ष पदका आकांक्षी श्रेष्ठले सर्वसम्मत अध्यक्ष नपाएपछि सक्रिय राजनीति नै परित्याग गरेको घोषणा गरेको जनाएका हुन् । उनी यसअघि एमालेको जिल्ला सचिव र उपाध्यक्ष भइसकेका थिए । यसअघि संविधानसभा सदस्य रहेका श्रेष्ठले मंगलबार साँझ सामाजिक सञ्जालमा अब सक्रिय राजनीतिमा नरही जनताको सेवामा रहने घोषणा गरेका हुन् ।‘पार्टीलाई गाह्रो, अप्ठ्यारो र विभाजनका बखत एकता र सुदृढ गर्दै ‘समृद्ध नेपाल सुखी नेपाली’को आकांक्षा पूरा गर्ने अभियानमा अविछिन्न लागिरहेको र हाल केही असहज परिस्थितिको कारण आजका मितिदेखि सक्रिय राजनीतिबाट विश्राम लिने घोषणा गर्दछु’, श्रेष्ठले सामाजिक सन्जालमा पोष्ट गरेका छन्। एमाले नवलपुर अध्यक्षमा निवर्तमान सचिव श्रेष्ठ र निवर्तमान जिल्ला अध्यक्ष रोशनबहादुर गाहामगरले दाबी गरेका थिए। उनीहरूबीच सहमति नभएपछि अध्यक्ष मण्डलको प्रस्तावमा मुक्तिराम पाण्डेलाई बन्दसत्रले सर्वसम्मत अध्यक्षमा चयन गरेपछि उनले यस्तो धारणा बाहिर ल्याएका हुन् । उमेरले ६५ पुगेका जिल्लाका पाका र अनुभवी नेताले पार्टी छोड्दा ठूलो घाटा हुने प्रेस चौतारीका नेता विद्रोही गिरीले बताए ।
एमालेको अध्यक्ष नपाएपछि राजनीतिबाटै सन्यास लिने श्रेष्ठको घोषणा
सवालनेपालसंवाददाताबुधबार, २८ पुस २०७८

एमालेको अध्यक्ष नपाएपछि राजनीतिबाटै सन्यास लिने श्रेष्ठको घोषणा
यो समाचार शेयर गर्नुहोस्:
सम्बन्धित विषयहरू:## राजनीति

« यो पनि पढ्नुहोस्
कोशी प्रदेशमा तीन दिन गणतन्त्र दिवस मनाइने

यो पनि पढ्नुहोस् »
रविको भनाइमा निवर्तमान सभामुख घिमिरेको कडा आपत्ति, भने : घृणा फैल्याउने काम बन्द गर
प्रतिक्रियाहरू0
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार व्यक्त गर्ने पहिलो बन्नुहोस्!
आफ्नो प्रतिक्रिया लेख्नुहोस्
तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।
सम्बन्धित खबर

कोशी प्रदेशमा तीन दिन गणतन्त्र दिवस मनाइने
बुधबार, १३ जेठ २०८३
रविको भनाइमा निवर्तमान सभामुख घिमिरेको कडा आपत्ति, भने : घृणा फैल्याउने काम बन्द गर
मंगलबार, १२ फागुन २०८२
एमाले बिनाको देश समृद्धिको कल्पना कसैले नगरे हुन्छ: अध्यक्ष ओली
मंगलबार, १२ फागुन २०८२
सभामुख देवराज घिमिरे भोली गृह जिल्ला झापा आउनुहुने, विभिन्न कार्यक्रमहरुमा सहभागी हुने
मंगलबार, १६ माघ २०८१
पहिरोले पुरिएर ललितपुरमा चार जनाको मृत्यु
शनिबार, १३ असोज २०८१



