काठमाडौं । प्रेम करुणा होइन भावना हो । यो हरेक मानिसको जीवनको एक हिस्सा हो । जीवन भनेको मात्र शरीर होइन । मानिसको भोगाइ र व्यवहार हो । एउटा व्यक्तिको जन्मदेखि मृ’त्युसम्मका भोगाइ र अनुभूतिको समग्रता नै त्यो व्यक्तिको जीवन हो । जसभित्र प्रेम पनि पर्छ । प्रेम जीवनको सबैभन्दा महत्वपूर्ण पाटो हो । प्रेमबिनाको जीवन अपूर्ण मात्र हुँदैन । प्रेमबिनाको जीवनको कल्पना नै गर्न सकिँदैन । प्रेम, सहानुभूतिले सम्बन्धमा नयाँपन ल्याउँछ । त्यसैगरी प्रेम र यौन पनि एकअर्काका पूरक हुन् । कतिपय मानिस प्रेम र यौनलाई छुट्टा–छुट्टै रूपमा हेर्छन् । प्रेमलाई करुणाको दृष्टिले मात्र हेर्नेहरू यौनलाई प्रेमको विपरीत मान्छन् । यौनलाई मनोवैज्ञानिक आँखाले हेर्न नजान्नेहरू त यौनलाई विकृति नै पनि भन्छन् ।

आफू यौ’न समागमबाटै जन्मिएर पनि यौ’नलाई छिछि र दूरदूर गर्ने विद्वत् वर्ग पनि ठूलै छ । यद्यपि यौ’न र प्रेम फरक विषय होइनन्  । प्रेम मानिसको चरित्रगत विशेषता हो भने यौन प्रेमको चरम रूप हो । प्रेमको शारीरिक अभिव्यक्ति यौन हो भने मनको तहमा गरिएको यौ’न समागम नै प्रेम हो । त्यसैले प्रेम र यौ’नलाई छुट्टै राख्न सकिँदैन । हृदयको सच्चा समर्पण नै प्रेम हो । प्रेम सच्चा र यथार्थ भयो भने यौन सुरु हुन सक्छ । प्रेम गर्छु भनेर गरिने चिज पनि होइन यो थाहै नपाई हुने चिज हो । यौ’न विपरीत लिं’गीलाई आ’कर्षण गर्ने माध्यम हो । मान्छे आनन्द प्राप्तिकै लागि बढी यौ’न क्रियाकलापमा संलग्न हुने गर्छ । यसै क्रममा गर्भाधानसमेत हुन्छ ।

भालेले पोथीलाई र पोथीले भालेलाई आफूतिर आकर्षित गर्न खोज्दा यौ’नको भूमिका महत्वपूर्ण हुन्छ । यौ’नले प्रणयभावलाई सघन र प्रबल बनाउने भूमिका पनि खेल्छ । विपरीत लिं’गी प्रेमको उत्कर्ष यौ’न नै हो । त्यसो त समलिंगी र तेस्रो लिं’गी बीचको प्रेममा पनि यौ’नको भूमिका उत्तिकै छ । दाम्पत्य जीवनको सफलता वा असफलतामा यौ’नले प्रमुख भूमिका खेलेको हुन्छ । यसर्थमा यौ’नलाई जीवनबाट पृथक् गर्न किमार्थ सकिँदैन । हामीले बेलाबेलामा यौ’न विकृतिका घ’टनाहरू आफ्नै समाजमा देख्ने वा सञ्चारमाध्यममा सुन्ने र पढ्ने गर्छाैँ । यौ’न कुण्ठा, अतृप्ति, अप्राप्ति वा असन्तुष्टिहरूका कारण खासगरी बलत्कारका घ’टनाहरू घटित हुन्छन् । यस्ता घ’टना अत्यन्त निन्दनीय र भत्र्सनायोग्य हुन् तापनि यौ’न कुण्ठितहरूबाट यस प्रकारका कुकर्म अर्थात् यौ’न दुराचार भइरहन्छन् । यसबाट प्रत्यक्ष रूपमा महिलाहरू प्रताडित हुन्छन् ।

समाजमा हुने महिला हिं’साका घ’टनाहरूमध्ये ब’लात्कारका घ’टना प्रमुख मानिन्छन् । कैयौँ बालिका, कुमारी, युवती, वयस्क महिला र वृद्ध महिलासमेत ब’ला’त्कृत भएका घ’टनाहरू बेलाबेलामा समाचार बनिरहेका हुन्छन् । ब’ला’त्कृत भएकै कारण कतिपयको मृ’त्यु हुन्छ, कतिपयले आ’त्मह’त्या गर्छन् र कतिपय विक्षिप्त अवस्थामा पुग्छन् । यसरी नै कतिपयको सामाजिक जीवनको प्रतिष्ठामा नै असर पर्छ । वास्तवमा यौ’नसँग सम्बन्धित यस्ता पक्ष घृणायोग्य छन् । यस्तो यौ’न दु’राचार पशुवत् नै मानिन्छ । यस्तो कुकर्म गर्नेहरू सामाजिक र कानुनी रूपमा दण्डित हुन्छन् तापिन समाजमा यस्ता दु’राचारको पुनरावृत्ति भइरहेकै हुन्छ । यस्तो हुनुको प्रमुख कारण यौ’न कुण्ठाको परिणति हो ।

यौ’न वास्तवमा अजेय इच्छाशक्ति हो । धार्मिक जगत्का मान्छेहरूले यौ’नप्रति वितृष्णा जनाएका हुन्छन् । यस्तो वितृष्णा बाह्य आडम्बर मात्र हो । उनीहरू भित्र पनि यौ’न चाहना लुकेर रहेको हुन्छ ।यौनलाई सकारात्मक ढंगले लिँदा यसले सृष्टिलाई निरन्तरता दिन्छ र जीवनलाई सार्थक तुल्याउँछ । यदि अप्राकृत, अनैतिक र अशिष्ट ढंगले उपभोग गर्न खोजेमा यसको परिणाम अवश्य नै नकारात्मक निस्कन्छ । अतः यौ’नलाई जीवन सापेक्ष ढंगले हेर्नु राम्रो हुन्छ । ब’ला’त्कार, वेश्यावृत्ति (देह व्यापार), अप्राकृतिक मैथुन जस्ता कुराहरू यौ’न विकृतिका द्योतक हुन् ।

–विभिन्न पत्रपत्रिकाको सहयोगमा

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय