पौष शुक्ल पक्षमा पर्ने एकादशीलाई पनि पुत्रदा एकादशी भनिन्छ । श्रावण र पौष दुवै महिनाको शुक्ल पक्षमा यस एकादशी पर्दछ । पद्म पुराण अनुसार सांसारिक सुख समृद्धि तथा पुत्र प्राप्तिका लागि पुत्रदा एकादशीको व्रत बस्ने गरिन्छ । सन्तान नभएका सबैले पुत्रदा एकादशीको व्रत लिनु फलदायी हुने धार्मिक विश्वास रहेको छ ।धर्मशास्त्रहरू अनुसार प्राचीनकालमा भद्रावतीपुरी नगरमा राजा सुकेतुमानले राज्य गर्दै आएका थिए । तर ती राजाका सन्तान भने थिएनन् । राजा निसन्तान भएका कारण राजपरिवारमा चिन्ता थपिएको थियो । राजा सुकेतुमानका पिता समेत राजकाजको जिम्मेवारी सुम्पने उत्तराधिकारी नभएका कारण चिन्तित बन्दै गएका थिए । दिन बित्दै जाँदा एक दिन राजा सुकेतुमान घोडा चढी जङ्गल डुल्दै जाने क्रममा घना जङ्गलभित्र पुगे ।

जङ्गलको धेरै भित्र पुगेका कारण उनलाई थकाई र तिर्खा लागेको थियो । पानीको खोजीमा उनी झनझन् जङ्गलभित्र पुगे । निकै पर उनले पानीको सरोवर देखे तर त्यहाँ ऋषिमुनिहरू आश्रम बनाई वेद पाठ गर्दै बसेका थिए । घोडाबाट उत्रिएर राजा सुकेतुमानले सरोबरको पानी पिएपछि ऋषिमुनिहरूलाई नमस्कार गरे ।राजाले सरोवरमा एकत्रित भएर बस्नुको कारणबारे ऋषिमुनिहरूसँग सोधे । ऋषिमुनिहरूले पनि पुत्रदा एकादशी आउन लागेकाले स्नानका लागि भेला भएको जवाफ दिए । राजाले पुत्र दा एकादशीको व्रत बारे ऋषिमुनिहरूसँग जिज्ञासा राख्दा ऋषिमुनिहरूले पुत्र तथा सन्तान प्राप्तिका लागि यस एकादशीको व्रत अनिवार्य भएको बताइदिए ।

राजाले पनि सबै विधि पुरा गरी पुत्रदा एकादशीको व्रत बसे । फलस्वरुप उनलाई पुत्र प्राप्ति भएको पौराणिक कथा अनुसार आज पनि पुत्रदा एकादशी व्रतको माहात्म्य महत्त्वपूर्ण मानिन्छ ।यस एकादशीको व्रत बस्नका लागि अघिल्लो दिन अर्थात् दशमीकै दिनदेखि लसुन, प्याज तथा मांसाहारी भोजन त्याग्नु पर्दछ । एकादशीका दिन बिहानै उठेर स्नान गरी शुद्ध भई व्रत बस्नु पर्दछ । यस दिन भगवान् विष्णुको बाल गोपाल रूपको पूजा गर्ने गरिन्छ ।

बाल गोपाल विष्णुको प्रतिमा स्थापना गरि पञ्चामृतले स्नान गराई धूप दीप नैवेद्य सहितले पूजा गरिन्छ भने नरिवल, पान, सुपारी, ल्वाङ जस्ता प्राकृतिक फलफूलहरू चढाइन्छ । एकादशीको भोलिपल्ट द्वादशीका दिन विष्णुलाई अर्घ्य दिएर व्रत र पूजा समापन गरिन्छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah