https://www.youtube.com/watch?v=m01n_FaiOFk&feature=youtu.be

सवाल नेपालको अग्रसरतामा र आम्दा अस्पताल दमकको सहयोगमा अल्सरबाट ग्रसित भएका तथा हर्निया पीडित केदार धमालको उपचार भएको छ । उनि उपचार पाएर खुसि भएकाछन् ।

शरिरमा रोगले च्यापेपछि र केहि काम गर्न नसक्ने भएपछि श्रीमतिले छाडेकी धमलाको बिजोग भएको थियो । उनि दमकमा एक कोठाभाडा लिएर बस्दै आएका थिए । दूइचार पैसा उठाउदै सडकमा हिडिरहेको अवस्थामा सवाल नेपाल अनलाइनले उनको उपचारका लागि पहल गरेको थियो ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड
https://www.youtube.com/watch?v=m01n_FaiOFk&feature=youtu.be

७ बर्षकी छोरीको साथमा सकिनसकि मागेर पेट पाल्दै आएका उनको आफन्त यो दूनियमा कोहि पनि नभएपछि दमक नगर इशाइ समाज अध्यक्ष तथा अन्तरधार्मिक शान्ति युवा समुहको अध्यक्ष आकाश थुलुङ्ग राइले अस्पतालमा आवश्यक सहयोग पुर्याइरहेका छन् ।

आम्दा अस्पतालका मेसु डा. नबिन ढकाल, डा. संञ्जय शर्मा, डा. शेरक कट्टेल लगायको स्वास्थ्यकर्मीको टोलीले उनलाई उपचार गरेको हो । अस्पतालका प्रशासक भीम धमलाको पहलमा औषधिहरु समेत उपलब्ध गराइएको छ ।

https://www.youtube.com/watch?v=m01n_FaiOFk&feature=youtu.be