नेपाल स्टक एक्सचेन्जमा नेपाल बङ्गलादेश बैंक लिमिटेडकाे सेयर काराेबार राेक्का गरिएकाे छ । हिजाे (पाैष २९ गते, बिहीबार) नबिल बैंक लिमिटेड र नेपाल बङ्गलादेश बैंकबीच एक्विजिसन सम्बन्धी प्रारम्भिक सम्झौता सम्पन्न भएकाे छ ।
नबिल बैंक र नेपाल बङ्गलादेश बैंकबीच एक्विजिसनको प्रारम्भिक सम्झौता
त्यसैले, बैंक तथा वित्तिय संस्था एक आपसमा गाभिने (मर्जर) तथा प्राप्ति सम्बन्धि विनियमावली, २०७३ काे विनियम ६(१) बमाेजिम नेपाल बङ्गलादेश बैंक लिमिटेडकाे सेयर काराेबार आज (पाैष ३० गते, शुक्रबार) बाट राेक्का राखिएकाे नेप्सेले जनाएकाे छ ।



