गायन रियालिटी शो नेपाल आइडल सिजन ४ को भोटिङ पार्टनरमा सेलकम प्रालि नियुक्त भएको छ । सेलकम नेपाल राष्ट्र बैंकबाट अनुमति प्राप्त भुक्तानी सेवाप्रदायक हो । नेपाल आइडलका प्रतियोगीहरुलाई नेपालभित्र सेलपे र विदेशबाट श्रृष्टि एपमार्फत भोट गर्न सकिने जनाइएको छ ।