भीमदत्त नगरपालिका-१९ बाँगफाटाँकी ८० वर्षीया कलावती भाट जंगली हात्तीको आक्रमणबाट घाइते भएकी छन्। उनलाई उपचारका लागि महाकाली प्रादेशिक अस्पताल लगिएको छ। जंगली हात्तीले बिहीबार राति तीन घर भत्काएको छ। घरभित्र राखेको अन्न समेत खाईदिएको वडा अध्यक्ष दामोदर महराले बताए। उनका अनुसार हात्तीले घर भत्काउने भाट घाइते भएकी हुन्। एक दर्जनभन्दा बढीको संख्यामा रहेको हात्तीको बथानले स्थानीयको डेढ बिघा क्षेत्रमा लगाइएको गहुँ र तरकारी बालीमा क्षति पुर्याएको छ। हात्तीको बथान निकुञ्ज क्षेत्रबाट बस्तीमा छिरेको बताइएको छ। नगर प्रमुख सुरेन्द्र विष्टले शुक्रबार बिहान हात्तीले क्षति पुर्याएको क्षेत्रको अवलोकन गर्नुका साथै स्थानीयसँग क्षतिबारे जानकारी लिएका छन्। हात्तीको बथानले क्षति पुर्याएका परिवारलाई क्षतिपूर्तिका लागि शुक्लाफाँटा राष्ट्रिय निकुञ्जसँग पहल गर्ने विष्टले आश्वासन दिएका छन्। स्थानीयले हात्ती नियन्त्रण गरी जिउधनको सुरक्षा गरिदि नगर प्रमुखसँग माग गरेका छन्।
जंगली हात्तीको आक्रमणबाट वृद्धा घाइते‚ तीन घरमा क्षति
सवालनेपालसंवाददाताशुक्रबार, ३० पुस २०७८

जंगली हात्तीको आक्रमणबाट वृद्धा घाइते‚ तीन घरमा क्षति
यो समाचार शेयर गर्नुहोस्:
सम्बन्धित विषयहरू:## घटना

« यो पनि पढ्नुहोस्
बक्राहा खोलामा महिला मृत फेला प्रकरण : मृतकका श्रीमान पक्राउ

यो पनि पढ्नुहोस् »
लागू औषध सहित ११ जना पक्राउ
प्रतिक्रियाहरू0
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार व्यक्त गर्ने पहिलो बन्नुहोस्!
आफ्नो प्रतिक्रिया लेख्नुहोस्
तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।
सम्बन्धित खबर

बक्राहा खोलामा महिला मृत फेला प्रकरण : मृतकका श्रीमान पक्राउ
बुधबार, १३ जेठ २०८३
लागू औषध सहित ११ जना पक्राउ
बुधबार, १३ जेठ २०८३
हावाहुरीका कारण कन्काईमा लगाइएको केरा खेतीमा व्यापक क्षति
बुधबार, १३ जेठ २०८३
दमक र बिर्तामोडमा लागूऔषधको डिलर, प्रहरीकै मिलेमतोमा कारोबार हुने गरेको गुनासो
मंगलबार, १६ माघ २०८१
बन्दका कारण मेची राजमार्गमा यातायात सेवा प्रभावित
मंगलबार, १६ माघ २०८१



