रसुवामा बालबालिकालाई लगाउन ल्याइएको कोरोनाविरुद्धको करिब १५ सय डोज मोडर्ना खोप फिर्ता पठाइएको छ । जिल्लामा १२ देखि १७ वर्षसम्मका बालबालिकालाई लगाउन ल्याइएको खोपमध्ये १४ सय ९० डोज स्वास्थ्य सेवा विभागको व्यवस्थापन महाशाखा अन्तर्गत आपूर्ति शाखामा फिर्ता पठाइएको हो । गत ११ देखि १८ पुससम्म जिल्लाको पाँचवटै गाउँपालिकाको ४३ वटा माध्यमिक तहका १२ देखि १७ वर्षसम्मका बालबालिकालाई कोरोनाविरुद्धको खोप अभियान सञ्चालन गरिएको थियो । तर तोकिएको लक्ष्यअनुसार प्राप्त तथ्यांकका बालबालिकाले खोप लगाउन नआउँदा खोप फिर्ता गर्नुपरेको स्वास्थ्य कार्यालय रसुवाका प्रमुख वसन्त चालिसेले बताए ।

‘पुस ११ देखि १३ गतेसम्म खोप अभियान रहेको थियो, हामीले पाँच दिन थप गरेर १८ गतेसम्म खोप अभियान सञ्चालन गर्यौं, विवरणअनुसार पाँचवटै गाउँपालिकाका सबै बालबालिका खोप लगाउन आएनन्,’ उनले भने ।गत बुधबार बाँकी रहेका सबै खोप स्वास्थ्य सेवा विभागको व्यवस्थापन महाशाखा अन्तर्गत आपूर्ति शाखामा फिर्ता पठाइएको उनले बताए । ‘मोडर्ना खोप एक महिनासम्ममा लगाइ सक्नुपर्ने हुन्छ, ४८ सय डोज खोप ल्याइएका थियौ, लक्ष्य अनुसारको विद्यार्थी नआएपछि १४ सय ९० डोज फिर्ता गर्यौं, एउटा भाइरल खोपले ११ जनासम्मलाई लगाउन सकिन्छ,’ उनले भने, ‘१८ वर्ष माथिका नागरिकलाई लक्ष्य अनुसारको लगाइयो, तर १२ देखि १७ वर्षसम्मका बालबालिकाको तथ्यांकमा लक्ष्यअनुसार लगाउन सकिएन ।’

स्वास्थ्य कार्यालय रसुवाका अनुसार जिल्लामा १२ देखि १७ वर्षसम्मका चार हजार सात सय ४३ जना बालबालिकालाई कोरोनाविरुद्धको मोडर्ना खोप लगाउने लक्ष्य रहेको थियो । जसमध्ये ३४ सय तीनजना बालबालिकाले मात्र कोरोनाविरुद्धको खोप लगाएका छन् ।जिल्लाको आमाछोदिङ्मो गाउँपालिकामा १२ देखि १७ वर्षसम्मका चार सय २७ जना बालबालिकालाई मोडर्ना खोप लगाउने लक्ष्य राखिएको थियो । जसमध्ये दुई सय ४८ जना बालबालिकाले मात्र कोरोनाविरुद्धको खोप लगाएका छन् । जुन लक्ष्यको ५८ दशमलब शून्य ७ प्रतिशत हो । गोसाइँकुण्ड गाउँपालिकामा १२ देखि १७ वर्षसम्मका आठ सय ७० जना बालबालिकालाई खोप लगाउने लक्ष्य राखिएकोमा पाँच सय ८८ जना बालबालिकाले मात्र खोप लगाएका छन् । जुन लक्ष्यको ६७ दशमलब ५८ प्रतिशत हो ।

नौकुण्ड गाउँपालिकामा १२ देखि १७ वर्षसम्मका १२ सय ७१ जना बालबालिकालाई खोप लगाउने लक्ष्य राखिएकोमा आठ सय ४१ जना बालबालिकाले मात्र खोप लगाएका छन् । जुन लक्ष्यको ६६ दशमलब १६ प्रतिशत हो । त्यसैगरी कालिका गाउँपालिकामा १२ देखि १७ वर्षसम्मका १४ सय २४ जना बालबालिकालाई खोप लगाउने लक्ष्य राखिएकोमा ११ सय १६ जनाले मात्र खोप लगाएका छन् ।जुन लक्ष्यको ७८ दशमलब ३७ प्रतिशत हो । उत्तरगया गाउँपालिकामा १२ देखि १७ वर्षसम्मका सात सय ५१ जना बालबालिकालाई खोप लगाउने लक्ष्य राखिएकोमा ६ सय १० जनाले मात्र खोप लगाएका छन् । जुन लक्ष्यको ८१ दशमलब २२ प्रतिशत हो ।

यो तथ्याङ्क हेर्ने हो भने जिल्लामा लक्ष्यको तुलनामा ७१ दशमलब ७४ प्रतिशत १२ देखि १७ वर्षसम्मका बालबालिकाले खोप लगाएको पाइएको छ । जुन लक्ष्यको तुलनामा २८ दशमलब २६ प्रतिशत बालबालिकाले भने खोप नलगाएको देखिएको छ । जिल्लामा रहेको पाँचवटै गाउँपालिकाको शिक्षा शाखाबाट विद्यार्थीको विवरण माग गरिएकोमा प्राप्त विवरण अनुसारको विद्यार्थीले खोप नलगाएको स्वास्थ्य कार्यालय रसुवाका प्रमुख चालिसेले बताए ।‘गाउँपालिकाको शिक्षा शाखाबाट विद्यार्थी संख्या माग गरेका थियौ, लक्ष्य अनुसारको विद्यार्थीले खोप लगाउनै आएनन्,’ उनले भने, ‘कतिपय भर्ना भएको तर नियमित विद्यालय नआउने गरेको र कतिपय बसाईंसराई गरी अन्यन्त्र गएको र अपडेट नभएको भन्ने पाइयो ।’

जिल्लामा मोडर्ना खोप लगाएका बालबालिकामा ज्वरो आएको पाइए पनि खोपले कुनै असर नगरेको उनले बताए । ‘नयाँ खोप हो, कुनै समस्या परेमा समाधानका लागि जिल्लाको पाँचवटा गाउँपालिकामा एक–एक जना डाक्टर तोकेका थियौ, एकदिन जति ज्वरो आएको पाइयो यसबाहेक कुनै असर छैन,’ उनले भने। जिल्लामा खोप लगाएका बालबालिकालाई २८ दिनपछि पुनः दोस्रो डोजको खोप दिने तयारी भइरहेको उनले बताए । ९ माघबाट दोस्रो डोजको खोप अभियान सुरु गरिने उनको भनाइ छ । स्वास्थ्य कार्यालय रसुवाले कक्षा ६ देखि १२ सम्मका विद्यार्थीको विवरण मागेको गाउँपालिकाका शिक्षा शाखाहरूले बताएका छन् । ६ देखि १२ कक्षासम्मका विद्यार्थीको विवरण मागे पनि उमेर समूहको नभन्दा विवरणअनुसार नभएको हुनसक्ने गोसाइँकुण्ड गाउँपालिकाको शिक्षा शाखाका प्रमुख धुब्रप्रसाद लामिछानेले बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah