पाँचथर - पाँचथरमा मकर नुहाउन गएका एक युवकको नदीले बगाएर ज्यान गएकाे छ ।

मकर नुहाउने क्रममा आज दिउँसो पाँचथरको तुम्बेवा गाउँपालिका–१ रातमाटेका २९ वर्षीय इन्द्रबहादुर बुढाथोकीलाई तमोर नदीले बगाएकाे हाे ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

बुढाथोकी बेपत्ता भएपछि मकर नुहाउन पुगेका स्थानीयवासी तथा इलाका प्रहरी कार्यालय मौवा र अस्थायी प्रहरी चौकी नुवाखोलाबाट खटिएको प्रहरी टोलीले खोजी गर्ने क्रममा करिब चार किलोमिटर दक्षिणमा बुढाथोकीको शव फेला पारेको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।

तुम्बेवा–२ हाकपारामा नदी किनारामा बुढाथोकीको शव फेला परेकाे इलाका प्रहरी कार्यालय रविका प्रहरी निरीक्षक केशव अधिकारीले बताउनु भयाे ।