जीवन पराजुली

काभ्रे, ७ साउन– शुक्रबार राति बनेपाको गौतम भोजनालयमा भएको घटनाको वास्तविक कारण अझै पत्ता लागेको छैन । एकै परिवारका बावु ,आमा छोरा र छोरिको मृत्यु भएपछि अहिले सर्वसाधारण बनेपा बसपार्क क्षेत्रमा सर्वसाधरण झुम्एिका छन् ।

गए राति एकै परिवारका चार जना मृत अवस्थामा फेला परेका थिए । टुकुचा नाला ढुडामुखका बर्ष ६५का हरिभक्त दाहाल उनकी श्रीमती बर्ष ६० कि हरिमाया दाहाल उनका छोरा बर्ष ३२ का राजाराम दाहाल र उनकी छोरी बर्ष २५ कि रन्जना दाहाल आफैले संचालन गर्दै आएको होटलमा मृत भेटिएका थिए ।भित्रबाट सटर बन्द गरि ताल्चा लगाइएको सटर मुन्तिर सिसा फुटेको देखेपछि स्थानीयले प्रहरीमा खवर गरेका थिए ।

प्रहरीले ताल्चा फुटाएर हेर्दा दाहाल परिवारका ४ सदस्य मृत अवस्थामा फेला परेका थिए । घटनामा सेल्फस विष प्रयोग गरिएको र घटनास्थल अत्यन्त्यै दुर्गधित छ ।

प्रहरी अनुसन्धान केन्द्रिय ब्युरोको टोलीले शनिवार विहानैदेखि घटनाको अनुसनधान गरिरहेको छ ।

पारिवारीक विवाद

बनेपा नयाँ बसपार्कमा होटल व्यवसाय गर्दै आएका राजाराम दाहालका दुई श्रीमती छन् ।

दुई श्रीमती मध्ये जेठी श्रीमती कमला दाहाल ११ बर्ष अघिदेखि भिन्न बस्दै आएकी थिइन् । उनका एक छोरा र एक छोरी छन् भने राजारामकी कान्छी श्रीमती पुजा दाहाल बनेपामा राजारामसँगै होटल संचालन गर्दै आएकी थिइन् ।

घटनाको दिउँसो पुजा र परिवार अन्य सदस्यबीच रञ्जना(मृतक नन्द) को विवाहका विषयमा कुरा भएको तर नमिलेको राजारामकी कान्छि श्रीमती पूजा दाहालले बताइन् ।

‘बहिनीको उमेर पुगेको र विवाह गर्नु पर्छ भन्ने विषयमा सल्लाह भएको हो’ पूजाले भनिन्,‘ केही ठाकठुक परेको हो त्यसपछि म माइत गए ।’

त्यसो त राजाराम दाहालको दुई श्रीमतीका बीचमा जग्गाको समेत विवाद थियो ।

‘गाउँको जग्गा जेठीलाई र यताको मेरो छोरा (कान्छी)लाई दिएर विवाद मिलाउन खोज्दा जेठीले मानेकी थिइन्’ पूजाले भनिन् ।

जग्गाको विषयमा पनि खासै ठूलो झगडा नभएको भन्दै पूजा भन्छिन् ‘यहाँ हामीले जुठा भाडा माजेर कमाएको सम्पति बाड्नु पर्छ छोराले भोली जे लिनसक्छ लिन्छ भन्थी गाउँको जग्गा पनि एउटैलाई दिन मिल्ने रहनेछ । त्यसैले एक रोपनी मध्ये आधा आधा बनाउ भन्दा एक महिना अघि केही ठाकुठुक परेको थियो त्यो भन्दा ठुलो झगडा कहिलै परेको छैन ।’

राजारामकी जेठी श्रीमती छोरा जन्मेको २० महिनामा छुट्टेकी थिइन् । आफूसँग कान्छीको र श्रीमानको पनि राम्रो बोलचाल नभएको उनले बताइन् ।

‘छोरो आजैका दिन १२ बर्ष पुग्यो । तर आजै बाबुको यो हाल भयो ।’ कमलाले भनिन्,‘के कारणले घटना भो मलाई केही थाहा छैन मेरो छोरा विरामी भएकाले म हिजोदेखिनै अस्पतालमा थिए । यता यस्तो भएछ ।’

घटनाका विषयमा प्रहरी अनुसन्धान जारी रहेको र अहिलेनै यसै हो भन्न सकिने अवस्था नरहेको जिल्ला प्रहरी प्रमुख एसपी शकुल बहादुर थापाले भने ।

परिवारका चारै जनाको मृत्युले अहिले आफन्त र छर छिमेकिहरु सोकाकुल छन् । हिजो देखि शव घटनास्थलमै छ । प्रहरीले सोधपुछका लागि भन्दै राजारामकी कान्छी श्रीमतीलाई पूजा दाहाललाई अनुसन्धानका लागि नियन्त्रणमा लिएको छ ।

स्थानीयले भने तत्काल सत्य तथ्य छानविनको माग गर्दै नारावाजी गरेका छन् भने उनीहरुले दोषीलाई कारबाही हुनुपर्ने भन्दै शव उठाउन दिएका छैनन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah