सोमबार ‘शिवजी‘को पूजा आराधना गर्ने राम्रो दिन हो। यस दिन गरेको पूजा आराधना गरे शिव भगवान खुसी हुने र मागेको वर दिने भन्ने विश्वास छ ।‘ऊँ नमः शिवाय’ शिवजीलाई प्रसन्न पार्न जपिने मन्त्र हो ।अविवाहित स्त्रीले राम्रो वर पाउन शिवजीको पूजा आराधना गर्ने गर्दछन् भने विवाहित स्त्रीले आफ्नो परिवारमा सुख शान्ती र पतिको दिर्घायूका लागि शिवजीको पुजा गर्दछन्। शास्त्रमा लेखिएको छ, शिव एकदमै शान्त स्वभावका देवता हुन् । उनलाई सजिलैसँग खुसी बनाउन सकिन्छ।
उनको क्रोधलाई कसैले पनि सामना गर्न सक्दैन । त्यसैले तपाई शिवजीको पूजा आराधना गर्दै हुनुहुन्छ भने यी गल्ती नगर्नुहोस् ।शिवजीलाई के मन पर्छ ?शिव भगवानको जीवन सिद्धान्त एकदमै साधारण छ।जो मानिस बढि महत्वाकांक्षी हुन्छ, जसले आफ्नो इच्छा र चाहनाको धरातलभन्दा गहिरिएर बुझ्न सक्दैन त्यो मानिसले सुखानुभूत गर्न सक्दैन ।शिवजीले सबैभन्दा बढि मन पराउने वस्तुहरू भनेको पहेँलो वस्त्र, गाँजा, भाङ, धतुरो, चिसो गाईको दूध, श्रीखण्ड र खरानी हुन्। त्यसैले यी कुराहरू चढाउँदा, शिवजी अत्यन्त खुसी हुन्छन्। उनलाई बेलपत्र पनि चढाइन्छ ।शिवपुराणका अनुसार ,शिवजीको पूजा आराधना गर्दा यी ५ वस्तुहरू कहिल्यै चढाउनुहुँदैन ।
बेसार:शिवपुराणमा उल्लेख गरिएअनुसार बेसार पनि शिवजीलाई चढाउनु हुँदैन ।
चुवाको फूल:विभिन्न ठाउँअनुसार फरकफरक नाम भएको चुवा फूल यसलाई कतै गोलाईँती फूल त कतै केताकी फूल पनि भन्ने गरीन्छ । यो फूलसँग भगवानको सम्बन्ध के छ रु किन चढाउन हुँदैन भन्ने भनिन्छ ।
तुलसी:शिवपुराणमा उल्लेख गरिएअनुसार भगवान शिवलाई पूजाआजा गर्दा पनि यो पत्र चढाउनुहुँदैन भनिएको छ ।
नरीवलको पानी:शिवपुराणमा उल्लेख गरिएअनुसार शिवजीलाई चढाउन नहुने पवित्र वस्तुहरूमध्ये नरीवलको पानी पनि एक हो। शिवजीलाई सिङ्गो नरीवल चढाउनुहुन्छ तर नरीवल फुटाएर पानी चढाउनुहुँदैन । यस्तो गरेमा शिवजी रिसाउने र अनिष्ट हुने शिवपुराणमा लेखिएको छ ।
सिन्दूर:विवाहित महिलाहरूको लागि सिन्दूर एकदमै महत्वपूर्ण र पवित्र मानिने गरिन्छ। तर शिवपुराणमा उल्लेख गरिएअनुसार सिन्दूर पनि शिवजीलाई चढाउनु हुँदैन ।