भनिन्छ, माया संसार चलाउने एक ठुलो शास्त्र हो, मायाका स्वरुप धेरै हुन्छन् । वास्तवमा त्यो माया जुन आमाको छोराछोरी प्रति, आहा कति प्रगाढ हुन्छ । त्यो त कसैपनि बयान गर्न सक्दैन् । तर, त्यही माया कहिले काही स्वार्थी र निर्दयी बन्छ ।
पराई पुरुषको माया पाउन आमाले आफ्नै कोखबाट जन्मेकी दुधे छोरीको हत्या गरेकी छन् । यो वाक्य सुन्दा तपाईलाई लाग्ला कतै गलत बाक्य समचारमा छापिएछ । तर, दुखका साथ भन्नुपर्छ यही सहि बाक्य हो भनि ।
सामान्य मजदुरी गर्दै आएका एक नव जोडी दम्पत्तिले विवाह गरेको दुई हप्तामै बालिकाको हत्या गरेका हुन् । स्याङजाको फेदीखोला गाउँपालिकामा केही दिनअघि मात्र आएका पवित्रा नेपाली र उनका दोस्रा श्रीमान अर्जुन नेपालीले पवित्राकी छोरी युनिकाको हत्या गरेको प्रहरीले जनाएको छ ।
फेदीखोला गाउपालिका एक पर्सेबाटीमा बस्दै आएका उनिहरुले शनिवार एक वर्षीया बालिका युनिका नेपालीको हत्या गरेको बयान प्रहरीमा दिएका छन् ।
उदयपुर जिल्ला साविकको बारा गाविस घर बताउने वर्ष ३५ को अर्जुन नेपाली र पर्वत जिल्ला साविकको बाच्छा गाविस ९ की २० वर्षीया पवित्रा नेपालीले शनिबार मह्यान्ह डेरा गरी बस्दै आएको घरमा नै छोरीको हत्या गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
दुई हप्ता पहिले आफ्नो श्रीमान् छाडेर अर्जुनसँग विहे गरेर आएकी पवित्राले पहिलो श्रीमान्बाट जन्मिएकी युनिका र आफ्ना १३ वर्षिय भाई साथमै लिएर अर्जुनसग आएकी थिइन् ।
विवाहपूर्व नै अर्जुन र पवित्राविच १ वर्षिय छोरी पाल्ने र भाइलाई पढाउने सहमति भएपनि पछि विवाद भएको थियो । तर, विवाहपछि अर्काको छोरी नपढाउने भन्दै अर्जुनले निहु खोज्न थालेपछि दुवै जनाको सहमतिमा हत्या भएको स्याङजा प्रहरी प्रमुख एसपी देवबहादुर बोगटीले जानकारी दिनुभयो ।
अर्जुनले मिस्त्री काम गर्दै आएका थिए भने पवित्रा पनि उनीसँगै मजदुरी काम गर्ने गर्थिन् । दुवै जना कामको सिलसिलामा पर्सेबाटी आएका थिए ।
अर्जुन र पवित्रालाई प्रहरीले पक्राउ गरी जिल्ला प्रहरी कार्यालयमा राखेको छ भने उक्त घटनाको प्रारम्भीक अनुसन्धान भइरहेको एसपी बोगटीले जानकारी दिनुभयो । पक्राउ परेकालाई आइतबार कार्यालय खुलेपछि कर्तव्य ज्यान मुद्दा दर्ता गरिने प्रहरीले जानकारी दिएको छ ।



