मधेशको प्रतिनिधित्व गर्ने दल बन्नका लागि ५ वटा पार्टी मिलेर बनेको राजपा फेरि बिभाजनको शिकार बन्न पु्गेको छ। पार्टीको अगाडि नेपाल समेत नलेखि गठन भएको सो दलका अध्यक्ष मण्डलका सदस्यहरुबीच चर्को विवाद भएको हो। राजपामा यतिवेला चुनावमा सहभागी हुने वा नहुने भन्नेबारेमा चर्को विवाद देखिएको छ। यथास्थितिमा चुनावमा जानै हुँदैन भनेर अध्यक्ष मण्डलका संयोजक महन्थ ठाकुरले गरिरहेका छन् । उनीसँग अर्का अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतोपनि यतिवेला कुनैपनि हालतमा चुनावमा जान हुँदैन भन्ने पक्षमा उभिएका छन् ।

तर ठाकुर र महतो एउटा कित्तामा उभिरहेको बेला अध्यक्ष मण्डलका सदस्यहरु क्रमशः महेन्द्र राय यादव र शरतसिंह भण्डारी र अनिल झाले चुनावमा जानुपर्ने अडान लिईरहेका छन् । तर अध्यक्ष मण्डलका अर्का सदस्य राजकिशोर यादव भने बीचमा उभिएका छन् । चुनावमा जाने वा नजानेबारे उनले अहिलेसम्म मुख खोलेका छैनन् ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

यता अर्का प्रभावशाली नेता ह्ृदेश त्रिपाठीले तेस्रो धारको नेतृत्व गरिरहेका छन्। पार्टी गठन भएको तीन महिना पुगेको छ । यति छोटो अवधिमा पनि राजपाका शीर्ष नेताहरुवीच एकता देखिएको छैन ।

सरकारले भने राजपालाई चुनावमा सहभागि गराउने भन्दै प्रदेश २ को स्थानीय निर्वाचन असोज २ का लागि सारेको छ। तर राजपाको एउटा समूह भने संविधान संशाृधन नभई चुनावमा सहभागि नहु्ने अडानमा छ। प्रमुख प्रतिपक्ष एमाले भने कुनै हालतमा संशोधन हुनुहुदैन भन्ने अडानमा छ। एमालेको सहभागिता बिना संशोधधन प्रस्ताव पारित हुने संभावना छैन। हाम्रा कुराबाट