काठमाडौ । पूर्व यवराज्ञी हिमानी शाह अमेरिका पुगेकी छन् । उनी हिमानी ट्रष्टकी अध्यक्ष एवं पूर्व युवराज्ञी हिमानी शाह ट्रष्टकै कामले अमेरिका पुगेकी हुन् ।अमेरिकाको वासिङ्टन डिसीमा बिहीवार हिमानी ट्रष्टको शाखा उद्घाटन गर्ने कार्यक्रम रहेको छ । झण्डै एक दशकदेखि हिमानीले ट्रष्टमार्फत सामाजिक कार्यमा सक्रिय छिन् । कोधिड संक्रमण शुरू भएपछि भने ट्रष्टको काम प्रभावित भएको छ ।अमेरिकामा ट्रष्टको शाखा उद्घाटन गरेर सहयोग जुटाउने योजना रहेको सहयोगीहरूले बताएका छन् ।

हिमानीले केहि समयको लागि नेपाल छोडेकी छन् । अमेरिकामा बसोबास गर्ने नेपालीहरूले हिमानी शाहलाई अमेरिकामा स्वागत गरेका गरेका छन् । उनी मंगलबार अमेरिकाको डिसी महानगर क्षेत्रमा रहेको डालस अन्तर्राष्ट्रिय विमानस्थलमा पुगेकी हुन् ।हिमानी ट्रस्ट युएसएको कार्यक्रमका लागि अमेरिका गएको आयोजकहरूले जानकारी दिएका छन् । विमानस्थलमा ट्रस्टका पदाधिकारीहरूले उनलाई पुष्प गुच्छा तथा खादाले स्वागत गरेका थिए । विमानस्थल पुग्नेहरूमा ट्रस्टका अध्यक्ष हरि शर्मा, महासचिव आनन्दु लामा, सामाजिक अभियन्ता अनिल पाण्डे , अरुण रुपाखेती, ट्रस्टका केन्द्रीय सदस्य मोहन निरौला,चर्चित समाचार वाचिका रमा सिंहलगायत थिए ।

हिमानीले पछिल्लो दशक हिमानी ट्रष्टमार्फत शिक्षा, स्वास्थ्यलगायतका क्षेत्रमा काम गर्दै आएकी छन् । समाजसेवामा सक्रिय रहेकी उनी ट्रष्टको शाखा उद्घाटन गर्न अमेरिका आइपुगेकी हुन् । तस्विर तल हेर्नुहोस

यो पनि, काठमाडौलाई केन्द्रविन्दु बनाएको कोभिड संक्रमणले सरकारी कर्मचारी र उच्च पदस्थ कर्मचारीलाई संक्रमित बनाएको छ । राजनीतिक दलका नेता देखि कर्मचारी सम्म अधिकांश संक्रमित छन् । कर्मचारीलाई संक्रमण पुष्टि भएपछि जिल्ला प्रशासन कार्यालय ललितपुरले अत्यावश्यकबाहेकका सम्पूर्ण सेवा स्थगित गरेको जनाएको छ । बुधवार एक सूचना जारी गर्दै प्रशासनले सेवा स्थगित गरेको जानकारी गराएको हो ।

प्रमुख जिल्ला अधिकारी घनश्याम उपाध्यायले बुधबार सूचना जारी गरी केही कर्मचारीमा संक्रमण देखिएकाले बिहीबारदेखि प्रशासन कार्यालयबाट प्रदान गरिने अत्यावश्यकबाहेकका अन्य सेवा अर्को सूचना जारी नगर्दासम्म बन्द गरिएको जानकारी दिए ।बिहीबारदेखि लागू हुने गरी नागरिकता, नागरिकता प्रतिलिपि, संघसंस्था, नाबालक परिचय पत्र, राष्ट्रिय परिचय पत्र र राहदानीसम्बन्धी फाँटर्फको सेवा अर्को सूचना जारी नहुँदासम्मका लागि स्थगित गरिएको छ । शान्ति सुरक्षा र मुद्दासम्बन्धी अत्यावश्यक सेवा भने नियमित रुपमा हुने छ ।

कर्मचारीहरुमा संक्रमण पुष्टि भएसँगै सर्वोच्च अदालत, जिल्ला प्रशासन कार्यालय काठमाडौं लगायतले कतिपय सेवामा कटौती गरेका छन् । यद्यपि सेवाग्राहीको चहलपहल भने अझै पनि देखिन्छ । यस्तै नेपाल बारका वकिलहरुले प्रधानन्यायाधीशको राजीनामा माग गर्दै आन्दोलनलाई पनि जारी राखेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah