नेपालमा सेलेब्रेटीहरुको प्रेम चर्चाले मिडिया खुबै तातिन्छ । प्राय टिकाउ नहुने ती प्रेमहरु मिडियाको लागि मसला मात्रै बन्छ । उक्त कुराले भने सेलेब्रेटीका लागि नोक्सान मात्रै गर्छ । केही समयअघि देखि चर्चित अभिनेता तथा मोडल पल शाहको करियर सकिन लागेको चर्चा थियो । कारण, गायिका समीक्षा अधिकारीसंगको सम्बन्ध । यतिबेला सेलाएको सो गसिप यथार्थमा परिणत हुनै लागेको प्रष्ट छ । गायिका समिक्षा अधिकारी र पल शाहले उ बेला सो कान्डलाई गसिपमै सिमित बनाउदै मिलिमिली लुकाएका थिए ।

दुबैले स्ट्याटस सामाजिक संजालमा राखेपछी मिडियामा बाहिरिएको यी २ को कान्ड फ्यानका लागी गलत साबित भयो र मिडियाप्रती फ्यानहरु रुष्ट भए । यतिबेला भने गायिका अधिकारी स्वयंले सो स्ट्याटसलाई गलत सावित गर्ने संकेत दिएकी छन् । कान्डले उग्र रुप लिदै गएपछि २४ अक्टोबर २०२१ मा समिक्षाले सो कुराहरु गलत भन्दै एक स्ट्याटस राखेकी थिइन् । अहिले सोही स्ट्याटस स्क्रीनसट राख्दै ”म लामो केहि भन्दिन्, 24 OCT 2021 मा मेरो फेसबुक वालमा लेखिएको यो स्टाटस वास्तविकता भन्दा धेरै टाढा छ।जुन कसैको अनुनयमा लेखेको थिए। अब समय आउदैछ, यथार्थ खुलाउनेछु।” लेखेकी छन् ।

उनको यो स्ट्याटसका अनुसार सो बेला कान्डले उग्र रुप लिदै गर्दा आफुले छुपाउन खोजेको कुरा गलत थियो । अर्थात पल र समिक्षा बिच जे भएको थियो र जे कुराहरु बाहिरिएको थियो सो कुरा सत्य हो । उनको आज बिहीवारको स्ट्याटसले सोही कुरालाई संकेत गरेको छ । आफुले सो स्ट्याटस कसैको अनुनयमा लेखेको कुरा खुलाउदै अब समय आउदैछ र यथार्थ खुलाउने बताएकी छन् ।


– पल र समिक्षा कान्ड: खासमा के भएको थियो ?

‘सुर्ती माड्दै’ बोलको गीतमा यी २ को अभिनय छ । सोही गीत छायांकनका क्रममा यी २ सम्बन्धमा बसेको चर्चा चलेको थियो । तर, सम्बन्धमा आएको उतारचढावले दुबैको करियरलाई यतिबेला धक्का पुगेको छ । सानैदेखि पलको फ्यान रहेकी समीक्षाले पलको साथ पाउँदा खुशी रहेपनी पल भने तर्किएको बताईएको छ । त्यसैले पनि सम्बन्धमा खटपटी आएको हो । दुबै पक्षबाट धम्कीपुर्ण कुराहरु हुन थालेपछि पलबाट १ करोड रकमको प्रलोभन देखाईएको समाचारहरु सार्बजनिक भएको थियो । तर, समिक्षाले सो कुरालाई ठाडै अस्विकार गरेपछि विवाहको लागि पल राजी भएका थिए । जुन कुरालाई दुबै पक्षका परिवार र २ संचारकर्मीका बिचमा समझदारी गरिएको समाचार श्रोतमा भनिएको थियो । तर, ती संचारकर्मीहरु भने को को थिए भन्ने बारे खुलाइएको छैन ।

समिक्षाले उक्त समयमा यस्तो स्पष्टीकरण दिएकि थिइन् :

नमस्कार
मलाई समिक्षा अधिकारी बनाउनु हुने मेरा सम्पुर्ण दर्शक श्रोता ज्युहरुमा हार्दिक नमन गर्दछु। पछिल्लो समय मेरो बारेमा नायक पल शाह ज्यु सङ्ग जोडेर हुँदै नभएको कपोलकल्पित समाचार हरु आएका छन यसप्रति मेरो गम्भीर ध्यानाकर्षण भएको छ। समाचारमा मेरो र पल जि को सम्बन्ध लाई तोड मोड गरेर तुच्छ प्रकारका कुराहरु मेडिया मा आएका छन जसले मेरो चरित्र हत्या भएको छ। यसका साथ साथै पल जि को क्यारिअर माथि आच आउने किसिमले सस्तो प्रचार बाजि गरिराको छन। यसो नगर्नुहुन अनुरोध गर्दछु। बिना स्रोत अफबाह मा लेखिएका यी समाचार ले हामिलाई सामाजिक र चारितृक रुपमा निकै नै असर पुराएको छ यस कुरा प्रती म र मेरो परिवार खेद प्रकट गर्दछौ । एउटै इण्डसट्रीज मा भएको हिसाबले पल जि ले मलाई अभिभावक को हिसाब ले माया गर्नुहुन्छ जुन माया उहाले आफुसङ्ग जोडिएका सबै सहकर्मी हरुलाई गर्नुहुन्छ र गरिरहनु हुनेछ। मेरो कला र क्षमता लाई माया संरक्षण गर्नुहुन्छ म उहाको सदैव फ्यान पनि हु। र हामिबिच मा कुनै प्रकारको अनैतिक सम्बन्ध नरहएको र हामी केवल साथमा काम गरिरहेको छौ र हजुरहरुको माया रहेसम्म सधै राम्रो काम गरिरहने छौ। राष्ट्रको चौथो अङ्ग मानिएको पत्रकारिता का अग्रज र दिग्गज अभिभावक हरुले पनि यसरी मान हानी र चरित्र हत्या हुने किसिमले लेखिएका समाचार ले निकै दुखी छु। मैले यो अपेक्षा गरेको थिएन ।
म जे छु जहा छु यो सब मेरा भगवान रुपि दर्शक श्रोता को देन हो र हजुरहरुलाई कुनै पनि कुराले निराश गर्न सक्दिन र गर्ने छैन। मेरो बारेमा मेडियामा आएका झुटा समाचार हरु प्रती घोर निन्दा गर्दछु र हजुरहरु यसको पछाडी नलाग्नुहुन हार्दिक अनुरोध गर्दछु। अन्त्यमा सम्पुर्ण पत्रकार ज्युहरु लाई पनि हार्दिक निबेदन गर्न चाहन्छु कसैको व्यक्त्तिगत जिवनमा आच आउने मान हानी तथा चरित्र हिन हुने किसिमको समाचार नबनाउनु होला। सबैलाई धेरै धेरै माया धन्यबाद।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah