बिपिपि/दमक
झापाको दमकमा छिटो पैसा कमाएका केहि नव धनाड्याहरु मिटर ब्याजका कारण संकटमा फसेको बताईएको छ । मिटर ब्याजमा पैसा लिदै बिभिन्न क्षेत्रमा लगानी गरेका ब्यापारीहरु संकटमा फस्दै गएको बताइएको हो ।
दमकका केहि नाम चलेका ब्यवसायिहरुलाइ बैकले तत्काल पैसा तिर्नका लाथि ताकेता गर्दै नाम प्रकाशन गर्न सक्ने अवस्था आउने भन्दै चेतावनी समेत दिन थालेपछि अहिले कतिपय ब्यापारीहरुको भोक निन्द्रा हराउन थालेको श्रोतको भनाइ रहेको छ ।
केहि समयअघि मिटर ब्याज काण्डको बिषयमा दमकमा सनसनि फैलिएपछि यसलाइ गुपचुप बनाउन कतिपय कारोबारीहरु लागेका थिए । अहिले फेरी मिटर ब्याजले कतिको घरबार नै गुम्ने खतरा बढेपछि यो बिषयले चर्चा पाएको छ ।
समाजमा ख्याती कमाएका र आफूलाइ लब्धप्रतिष्ठित बताउने चाहानेहरुको कमाइको प्रमुख माध्यमनै मिटर ब्याज भएपछि दमकका केहि ब्यवसायिहरु डुब्ने खतरामा नै परेको पाइन्छ ।
एक ब्यापारीका अनुसार साधरण बजारमा चल्तिभन्दा ५ देखि १० गुणासम्म ब्याज लिएर लगाउनेहरुका कारण अहिले आफू सहित केहि साथीहरु डुब्ने खतरामा पर्नु परेको छ ।
बाध्यत्मक अवस्थामा केहि दिनका लागि लिएको पैसा दिन नसक्दा दिनको दिन थप मिटर चढाउदै लैजादा भाग्नु पर्ने र कि त मर्नु पर्ने अवस्था आउने खतरा रहेको ति ब्यापारीले बताएकाछन् ।
बैकसंग राम्रो सम्बन्ध बनाएर बैकबाट पैसा लिएर मिटर ब्याजमा कारोबारी गर्नेहरु मालामाल बन्ने र अबर परेका ब्यवसायिहरु त्यो पैसा लिएर टाँट पल्टने खतरा भएको भन्दै हारगुहार गर्नेहरुको संख्या पनि थपिदो रहेको छ ।



