काठमाडौं : अन्य दिनको तुलनामा नेपालमा आज कोरोना संक्रमितको संख्या घटेको छ । पछिल्लो २४ घन्टामा आज १० हजार सात सय तीनजनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । २३ हजार ९२ जनाको परीक्षण गर्दा सो संख्या थप भएका हुन् ।

स्वास्थ्य मन्त्रालयका अनुसार यस अवधिमा सात सय ६६ जना संक्रमणमुक्त भएका छन् । तीनजनाको मृत्यु भएको छ । नेपालमा सक्रिय संक्रमितको संख्या ६५ हजार तीन सय ७४ जना पुगेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय