मेष – चु,चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)

अधिक संवेदनशील रहनुहुनेछ। भावनालाई ठेस पुग्न सक्छ। आपत्तिकर विचार, व्यवहार र आयोजनलाई टाढा राख्नुहोला। कुनै कार्यमा शीध्र निर्णय नलिनुहोला। परिवारसँग परस्पर मनमुटाव नबढाउनुहोला। कार्य सफलताको लागी अधिक परिश्रम गर्नुहुनेछ ।

वृष – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)

घरकोसद्स्यसँग आवश्यक चर्चा-विचारणा गर्नहुनेछ। घरको सजावटमा र अन्य विषयम परिवर्तन गर्नको लागी तपाईको रुचि बढ्नेछ। आमाको स्वास्थ्यको सम्बन्ध राम्रो रहनेछ। कार्यालयमा उच्च अधिकारीसँग सम्बन्ध समधुर रहनेछ। मध्यान्नपछि सामाजिक कार्यमा तपाईको अधिक रुचि हुनेछ। सन्तानबाट लाभ मिल्नेछ। नयाँ मित्रबाट चित्त प्रसन्न रहनेछ। आकस्मिक धन लाभ होला।

मिथुन – का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)

पारिवारिक र व्यावसायिक क्षेत्रमा दिन राम्रोसँग बित्नेछ। आवश्यक विषयको सम्बन्धमा चर्चापछि निर्णायक स्थितिको निर्माण हुन सक्छ। कार्यभार बढ्नाले केहि ढिलापन आउनेछ। मध्यान्नपछि स्वास्थ्यमा सुधार हुनेछ। मित्रसँग भेट आनन्दमय रहनेछ।

कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)

व्यवहार न्यायपूर्ण रहनेछ। निर्धारित गरिएको कार्य गर्ने प्रेरणा मिल्नेछ। स्वास्थ्य पनि बिग्रिन सक्छ। क्रोधको मात्रा अधिक रहनेछ। मध्यान्नपछि शारीरिक स्फूर्ति तथा मानसिक निश्चितताको कारण प्रफुल्लित रहनुहुनेछ। व्यावसायिक क्षेत्रमा उच्च अधिकारीसँग आवश्यक विषयमा चर्चा गर्नुहुनेछ।

सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)

शारीरिक र मानसिकरुपले अस्वस्थता र व्यग्रताको अनुभव हुनेछ। क्रोधको मात्रा अधिक रहनाले कसैसँग मनमुटाव हुन सक्छ। मध्यान्नपछि शारीरिक र मानसिक स्थितिमा सुधार आउनेछ। परिवारमा आनन्दको वातावरण रहनेछ। व्यापारको स्थलमा उच्च अधिकारीसँग आवश्यक चर्चा हुनेछ।

कन्या – टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)

नूतन कार्य र बसाई नगर्नुहोला। आध्यात्मिक क्षेत्रमा सिद्धि प्राप्त हुने योग रहेको छ। मध्यान्नपछि स्वास्थ्यमा शिथिलता र व्यग्रताको अनुभव गर्नुहुनेछ। व्यवसायिक स्थलमा कसैको मन नदुखाउनु होला। धार्मिक प्रसंग उपस्थित हुन सक्छ।

तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)

दिनको प्रारम्भ आनन्दमय रहनेछ। विचारमा उग्रता र अधिकारत्वको भावना मनमा रहनेछ। आर्थिक लाभ होला। मध्यान्नपछि समय अनर्थ नहोस् यस कुराको ध्यान राख्नुहोला। हितशत्रुबाट सावधान रहनुहोला। नयाँ कार्य प्रारम्भ नगर्नुहोला।

वृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)

बौद्धिक कार्य गर्नको लागि तथा जनसम्पर्क बनाई राख्नको लागी र मान्छेसँग घुलमिल रहनको लागी दिन राम्रो रहनेछ। छोटो बसाई नगर्नुहोला। धन-सम्बन्धित आयोजनको लागि समय शुभ रहनेछ। मध्यान्न तथा संध्याकालपछि मित्र तथा आफन्तसँग भेट हुनेछ। खान-पानको स्वाद लिन सक्नुहुनेछ।

धनु -ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)

शारीरिक तथा मानसिक स्वास्थ्यको लागी सम्हालेर चल्नुहोला। अधिक श्रमपछि कार्यमा सफलता मिल्यो भने निराश नहुनुहोला। मध्यान्नपछि समय अनुकूल होला। शरीरमा स्फूर्तिको संचार हुनेछ। आर्थिक लाभको लागि समय अनुकूल रहनेछ । व्यावसायिक आयोजन राम्रो रहनेछ।

मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)

केहि संवेदनशील रहनुहुनेछ। तपाईको भावनामा ठेस पुग्न सक्छ। आपत्तिकर विचार, व्यवहार र आयोजनबाट टाढा रहनुहोला। कुनै पनि कार्यमा शीध्र निर्णय नलिनुहोला। परिवारसँग परस्पर मनमुटाव नबढोस यस कुराको ध्यान राख्नुहोला।

कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)

आवश्यक कार्यको निर्णय नलिनुहोला। नयाँ कार्यको प्रारम्ब गर्नको लागि दिनको प्रारम्भको समय अनुकुल रहनेछ । मध्यान्नपछि मानसिक व्यग्रता वृद्धि हुनेछ। सम्पत्ति विषयक दस्तावेज गर्ने समय अनुकुल रहेको छैन। विधार्थीको लागि दिन मध्यम रहेको छ। आमाको स्वास्थ्यको विषयमा चिन्ता रहनेछ।

मीन – दि, दु, थ, झ, ञ, दे,दो, च, चि (Pisces)

घर, कुटुम्ब तथा व्यावसायिक क्षेत्रमा समाधानकारी व्यवहार अपनाउनाले वातावरण तपाईको पक्षमा रहन सक्छ। बोलीमा ध्यान राख्नुहोला। नयाँ कार्य गर्नको लागी उत्साहित रहनुहुनेछ तथा कार्यको प्रारम्भ गर्न सक्नुहुनेछ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय