रामेछापका कांग्रेस कार्यकर्ताले स्थानीय तहको निर्वाचनमा भोगेको पराजयको रिस एमाले बरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालको गाडीमा पोखेका छन । नेपाल चढेको गाडी पार्किङ स्थलमा राखेको बेला राती कांग्रेस कार्यकर्ताले तोडफोड गरेका हुन ।

पुष्पलालको जन्मभुमी रामेछापमा आज आयोजित कार्यक्रममा सहभागी हुन नेपाल हिजो साँझ मन्थली पुग्नुभएको थियो । रामेछाप एमालेले नेपाल चढेको गाडी तोडफोड हुनुमा पराजित मानसिकता बोकेका, राजनीतिक संस्कार र सामाजिक सभ्यता नभएका मान्छेका नामका कलङ्कहरूको संलग्नता भएको पुष्टि भएको बताएको छ ।



