सवाल नेपाल/राजनीतिक ब्यूरो

नेपाली काँग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाको प्रधानमन्त्रीको आयु त्यति लामो छैन । करिब अब ५ महिनामात्र बाँकी रहेको छ । त्यसपछि अब को प्रधानमन्त्री होला ? पक्कै भन्न मुश्किल रहेको छ । नेपाली राजनीतिले कुन मोड लिनेछ र कस्तो गठबन्धन बन्छ भनेर कमैले मात्र आँकलन गरेको मेल खान्छ ।

स्थानीय तह निर्वाचनमा प्रदेश नं. २ को बाहेकमा भएको निर्वाचनमा नेकपा एमाले पहिलो शक्ति बनेको छ । अब अझै दूइवटा निर्वाचन हुन बाँकी रहेको छ । माघको पहिलासाता भित्र सबै निर्वाचन गराएर संबिधान कार्यन्वयन गर्ने जिम्मेवारी यो सरकारको रहेको छ ।

प्रदेश र केन्द्रको चुनाव भएपछि ठूलो राजनीतिक दल जो बन्नेछ उसैले सरकारको नेतृत्व दाबी गने छ । अबको प्रधानमन्त्रीको रुपमा नेकपा एमालेका नेता बामदेब गौतमले दाबी गरेतामा पनि त्यो सहज देखिदैन ।

एमालेले आउदो प्रदेश र केन्द्रको चुनावमा भावी प्रधानमन्त्रीको रुपमा एमाले अध्यक्ष केपी शर्मा ओलीलाइ नै अघि सार्ने छ ।  यस कारण एमाले ठूलो राजनीतिक दल भएको अवस्थामा केपी शर्मा ओली नै अबको प्रधानमन्त्री बन्नेछन् ।

एमालेले पनि प्रष्ट रुपमा अहिले सरकारको पछि नलाग्ने र निर्वाचन पश्चात सुबिधाजनक बहुमत ल्याएर सरकारको नेतृत्व गर्ने बताइसकेको छ । यद्यपि अबको प्रधानमन्त्री को बन्ने भन्ने निर्णय गरेको छैन ।

केन्द्र र प्रदेशको निर्वाचनको तयारी शुरु गर्ने अवस्थामा केपी शर्मा ओली चीन हुइकिएपछि अहिले सत्तारुढ घटक बिशेष गरी काँग्रेस र माओबादी पनि डराएको अवस्था रहेको छ ।

ओलीले निर्वाचनमा चीनसंगको सहकार्यमा बिकासको मोडेल लिएर निर्वाचनमा जानेछन् । यसले गर्दा निर्वाचनको माहोल एमालेतर्फ जानसक्ने डर काँग्रेस र माओबादी केन्द्रलाइ रहने छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah