दमकमा मिटर ब्याज लगाएर नव धनाड्य बनेकाहरुको बिषयमा नाम सहित समचार लेख्न आग्रह गर्दै दमकका एक ब्यापारीले आफूले नाम उपलब्ध गराउने बताएकाछन् ।

उनले सवाल नेपालमा मिटर ब्याजले दमकका धेरै ब्यापारीहरुको घरब्यवहार भताभुङ हुने अवस्था आएको र ब्यापारबाट पलायन हुनुपर्ने अवस्था सम्म आउन थालेको समचार बिश्लेषण लेखेपछि एक ब्यापारीले फोन गरेर यस्तो बताएकाहुन् ।

उनले अडियो रेकर्ड तथा फोन रेकर्ड समेत प्रमाणको रुपमा उपलब्ध गराउन सकिने बताए । समाजमा समाजसेवी भएर हिड्नेहरु देखि लिएर दमकका बैंकर्स तथा सहकारीकर्मीहरुसम्म यस्तो कार्यमा लागेको ति ब्यापारीको आरोप रहेको छ । उनले भने–‘प्रकाशन गर्नुहुन्छ भने म नाम उपलब्ध गराउछु, म पनि एउटा पीडित हुँ ।’

दमकमा अहिले सबैभन्दा बढि चलेको नै मिटर ब्याज भएको बताइन्छ । बैकहरुले मिटर ब्याज लगाउनेहरुलाइ जति पनि रकम उपलब्ध गराएपनि सामान्य ब्यापारीहरुलाइ भने बिभिन्न झन्झट दिने र वाहानाबाजि गर्ने गरेको बताइन्छ ।

दमकमा ब्यवसायिक रुपमा मिटर ब्याज कारोबारीहरु २५ देखि ३० जना रहेको बताइएको छ । उनिहरुले २५ लाख देखि लिएर २ करोडसम्म पनि रकम उपलब्ध गराउन सक्छन् ।

त्यसको ब्याज भने दैनिक रुपमा हिसाब हुनेगर्छ । सामान्य रुपमा बैक तथा सहकारी संस्थाहरुबाट पाइने ब्याजदरको चारदेखि पाँचगुणा बढि रकम तिर्नूपर्छ ।

केहि ठूला दमकका ब्यापारीहरु पनि आफ्नो ब्यापार ब्यवसायभन्दा मिटर ब्याजमा पैसा लगाएर नै बढि आम्दानी गर्न लागिरहेको गुनासो मिटर ब्याजबाट पीडितहरुले बताउने गरेकाछन् ।

उनिहरुले आफूहरु मिटर ब्याजको बिषयमा भएको कुराकानी सहितको अडियो प्रमाण उपलब्ध गराउन तयार रहेको बताउन थालेकाछन् ।

आवश्यकता पर्दा रकम लिएपनि ब्याज केहि घटाएर रकम लिइदिन आग्रह गर्दा समेत पटक्कै नटेर्ने गरेको बताउदै आफू टाँट पल्टने अवस्था आउन लागेको दमक बजारका एक ब्यापारीले बताए ।

आपतमा लिएको एक करोड रुपियाको एक महिना बित्न नपाउदै १ करोड १० लाख सम्म बुझाउनु पर्ने अवस्था रहेको ति ब्यापारीले जनाए । उनले भने- ‘मिटर ब्याजमा पैसा लगाउने दमकका भिआइपिहरुको म नाम दिन्छु’

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah