काठमाडौं । एक युवकलाई दुई केटीले मन पराएको खबर आइरहेको हुन्छ । तर उत्तर प्रदेशको रामपुरमा एक युवकलाई तीन युवतीले मन पराएका छन् । रोचक कुरा के भने ति तीन जना युवतीहरु सहोदर दिदीबहिनी हुन् । आठ दिनअघि आफन्तको विरोधपछि तीनैजना अचानक प्रेमीसहित घरबाट भागेपछि हंगामा भएको हो ।

स्थानीयको डरले परिवारका सदस्यले प्रहरीलाई खबर गरेनन् । उनीहरुले अहिले आफन्तको सहयोगमा तीन दिदीबहिनीको खोजी गरिरहेका छन् । घटना आजिमनगर प्रहरी चौकी क्षेत्र अन्तर्गतको गाउँको हो ।आठ दिनअघि तीन जना दिदीबहिनी घरबाट बेपत्ता भएका थिए । तीन दिदीबहिनी बेपत्ता भएदेखि नै परिवारका सदस्यले नजिकैको गाउँमा खोजी गरिरहेका छन् ।

परिवारले आफन्त र चिनजानका सबैसँग यसबारे सोधपुछ गरे पनि अहिलेसम्म पत्ता लाग्न सकेको छैन । अर्कोतर्फ गाउँमा पनि तीन दिदीबहिनी बेपत्ता भएको चर्चा छ । एउटै युवकसँग तीन दिदीबहिनीको प्रेम सम्बन्ध चलिरहेको बताइएको छ । उनीहरु ति युवकसँगै घर छोडेर गएका हुन् ।

यीमध्ये दुई दिदीबहिनी वयस्क छन्, एक नाबालिग छन् । परिवारका सदस्यले अहिलेसम्म प्रहरीलाई खबर गरेका छैनन् । उजुरी आएमा कारबाही गरिने प्रहरीको भनाई रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah