नेपालमा आइतवार थप ६४६२ जना मानिसमा कोभिड सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ। विगत २४ घण्टामा कोभिडका कारण ४ जनाको मृत्यु भएको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका सह प्रवक्ता समीरकुमार अधिकारीले जानकारी दिए।अहिलेको वृद्धिसँगै देशभरी भएका सक्रिय सङ्क्रमितको सङ्ख्या ७७ हजार ४० नाघेको छ। विगत दुई सातादेखि नेपालमा कोभिड-१९ सङ्क्रमण निरन्तर बढिरहेको छ। अधिकारीका अनुसार ३२ मध्ये २८ मा ओमिक्रोन सङ्क्रमित भेटिएका र ४ जना डेल्टा भेरिअन्ट भेटिएको छ।

आइतवार मन्त्रालयले सार्वजनिक गरेको विवरणअनुसार गत एक हप्तामा गरिएको परीक्षणमा ४८.२ प्रतिशत र एन्टिजन परीक्षणमा ३५ प्रतिशतमा पोजिटिभ फेला परेका छन्। अहिले आईसीयूमा २१५जना र भेन्टिलेटरमा ७४ जना बिरामी भएको मन्त्रालयले जनाएको छ।नेपालमा कुल सङ्क्रमितमध्ये नब्बे प्रतिशतभन्दा बढी निको भएका छन्। अहिले सङ्क्रमित भइरहेका मध्ये अधिकांश २१ देखि ४० वर्ष उमेर समूहका मानिसहरू रहेका छन्।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

कहिलेबाट घट्छ सङ्क्रमण ?

डेल्टा भेरिअन्टका कारण गएको चैत वैशाखमा दोस्रो लहरमा फैलिएकोमा यसपालि ओमिक्रोनका कारण सङ्क्रमितको सङ्ख्या बढेको हुनसक्ने विज्ञहरू बताउँछन्। तर सरकारले ओमिक्रोनबाट सङ्क्रमित व्यक्तिहरूका बारेमा छुट्टै तथ्याङ्क भने दिएको छैन।पौष १८ मा देशभरी केवल २१६ जनामा कोभिड पुष्टि भएकोमा पुस २५ गतेदेखि १,००० भन्दा बढीमा सङ्क्रमण पुष्टि हुन थालेको हो।त्यसयता दैनिक सङ्क्रमितहरूको सङ्ख्या उकालो लागिरहेको देखिन्छ । मन्त्रालय अन्तर्गतको सरुवा रोग महाशाखाले यसै हप्ता सङ्क्रमण उत्कर्षमा पुग्ने प्रक्षेपण गरेको छ।बढ्दो सङ्क्रमण नियन्त्रणका लागि काठमाण्डू उपत्यकामा शनिवारबाट सवारी साधनमा जोर बिजोर प्रणाली लागु गरिएको छ।

उपत्यकामा भि’डभा’ड हुने गतिविधिमाथि प्रतिबन्ध लगाइनुका साथै विद्यालय, सिनेमा घर, जिमखाना सहितका भिडभाड हुने सेवाहरू बन्द गरिएको छ।घरबाट बाहिर निस्कँदा मोबाइलमा भए पनि खोप कार्ड अनिवार्य रूपमा राख्न भनिएको छ।