किरण धामी

डोटी । डोटीमा एक युवती मृत फेला परेकी छिन् ।

जिल्लाको केआईसिंह गाउँपालिका वडा नम्बर ६ को रोक्टान खोला नजिकै २० वर्षीया हरिना भाट मृत फेला परेकी हुन् । अमला लिन भनेर आईतवार बिहान ९ बजे जङ्गल हिँडेकी उनी घर नफर्किएपछि खोजी गर्न जाँदा साँझ साढे सात बजे शव फेला पारेको स्थानीयले बताएका छन् ।

एक महिना अगाडि मात्रै डडेल्धुराको परशुराम नगरपालिका व्यक्तिसँग भागी विवाह गरेकी मृत भाट माइती आएको ४ दिन भएको थियो ।

भाटले प्रयोग गरेको चप्पल र सल बाटो भेटिएको र शव बाटो भन्दा करिब ५ मिटर तल घोप्टे अवस्थामा फेला परेको मृतकका मामा नाता पर्ने इन्द्र भट्टले बताएका छन् । लडेर मृत्यु हुन सक्ने कुनै अवस्था नदेखिएको भन्दै मृतकका आफन्तले भाटको हत्या भएको आशङ्का गरेका छन् ।

यस विषयमा अनुसन्धानका लागिप्रहरी टोली घटना स्थलतर्फ खटिएको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ । जनता समाचार बाट साभार

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय