कनेक्टीकट, अमेरिकाकी एक आमाले आफ्नी छोरीको आत्महत्याको कारण फेसबुक र स्नापच्याट रहेको भन्दै मुद्दा हालेकी छिन् । उनले मेटा र स्नापच्याट विरुद्ध मुद्दा हालेकी हुन् ।

उनकी ११ वर्षीया छोरी सामाजिक सञ्चालमा साह्रै लतमा फसेर आत्महत्या गरेको आमाको भनाई रहेको छ । गत जुलाईमा ११ वर्षीया सेलिनाको सामाजिक सञ्चालको लत भएपछि आत्महत्या गरेकी हुन् ।

इनग्याजेटसँग कुरा गर्दै स्नापच्याटले सेलिनाको मृत्यु प्रति दुःख जाहिर गर्दै जहिले पनि आफ्नो प्रयोगकर्ता सुरक्षित ढगंले एप चलाउन भन्ने चाहने बताएको छ । सेलिनाकी आमा टयामी रोड्रीगेजले एपमा प्यारेन्टल कन्ट्रोल र बालबालिकाको उमेर भेरिफाई गर्ने केही पनि नरहेको भनेर गुनासो पनि राखेकी छिन् ।

उनले एपको लतले गर्दा छोरी सुत्न नसक्ने, डिप्रेसनको शिकार, स्कुल जान नमान्ने, खाना नखाने गर्दा गर्दै अन्तयमा आत्महत्यानै गरेको बताएकी छिन् ।

यस्तो अरु बालबालिकासँग नि हुन सक्ने चेतना फैलाउन रोड्रीगेजले मुद्दा उजुरी गरेकी हुन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

divinegc.com
mimislot
mimislot
Social Media Strategy
babaslot
mimislot
slot gacor
ksebecsekm.com