राष्ट्रपति बिद्यादेवी भण्डारीकी साँहिली देउरानी स्थानीय तहको न्यायधीश बनेकी छन् ।
राष्ट्रपति भण्डारीकी देउरानी अर्थात मोरङको उर्लावारी ७ की ५८ वर्षीया लक्ष्मी भण्डारी उर्लाबारी नगरपालिकाको उपप्रमुखमा निर्वाचित भएर उक्त्त नगरकालागि न्यायाधीश बनेकी हुन ।

एमालेबाट उम्मेदबार बनेकी लक्ष्मीले प्रतिस्पर्धी कांग्रेसकी सीता कार्कीलाई ३५९ मतअन्तरले पराजित गरेकी थिइन् । लक्ष्मीले ९५३९ र सीताले ९२८० मत पाएकी हुन् ।
एमाले नेता स्वर्गीय मदन भण्डारीका साहिलो भाई मोहन भण्डारीकी पत्नी लक्ष्मीले अगामी एक कार्याकाल स्थानीय तहमा हुने झैझगडा र झमेलाहरूमा न्यायाधीश बनेर छिनोफानो गर्नेछिन ।
स्थानीय तहको उपप्रमुख वा उपाध्यक्षलाई स्थानीय तहको न्यायिक समितिको संयोजक तोकिएकको छ । न्यायिक संयोजकले आफनो तहमा भएका फैजदारी अपराध बाहेकका धेरै मुद्दाहरू हेर्ने जिम्मेबारी पाएको छ ।
५८ वर्षीय पाको उमेर र खरिएको अनुभव भएकी उपप्रमुख लक्ष्मी लामो समयदेखि पार्टी काममा निरन्तर सकृय रहेको र ईमान्दार अनि जुझारु भएकाले उर्लाबारीबासीलाई उनले न्याय गर्ने बताइएको छ । Dainik Nepal



