अर्घाखाँची जाने भनेर १५ वर्षीया किशोरीलाई फकाएर भारत लैजान खोज्ने एक युवक वीरगन्जस्थित नेपाल-भारत सीमाबाट पक्राउ परेका छन् । पक्राउ पर्नेमा अर्घाखाँची जिल्ला स्थाई घर भई भारतको आसाम घर बताउने २८ वर्षीय राजु अधिकारी छन् । उनलाई वीरगन्जस्थित नेपाल-भारत सीमामा रहेका माइती नेपालका सीमा पहरेदारहरूले सोमबार साँझ ४ बजेर ४५ मिनेटमा शंका लागेर केरकार गरेपछि ती युवक पक्राउ परेका हुन् । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डिएसपी ओमप्रकाश खनालका अनुसार बैतडीको लिस्टी नगरपालिका–२ की १५ वर्षीया बालिका राधा (नाम परिवर्तन) लाई अधिकारीले फकाएर वीरगन्जसम्म ल्याएका थिए । माघ ७ गते घरबाट कपी किनेर आउँछु भनेर निस्केकी राधा त्यसपछि घर फर्किएकी थिइनन् । माइती नेपाल आवधिक गृह वीरगन्जकी प्रमुख संगीता पुरीका अनुसार लामो समयदेखि मोबाइलबाट राधाको सम्पर्कमा रहेका राजुले आफ्नो घर अर्घाखाँची रहेको तथा नारायणघाटमा कपडाको पसल रहेको बताउँदै फोनबाटै प्रेमजालमा पार्ने प्रयास गरेका थिए । त्यसपछि किशोरी राधा राजुको उच्काहटमा परी घरबाट भागेर बैतडीको छतबाज चौराहा बजारसम्म आइपुगेकी थिइन् । सुरुमा आफ्नो घरमा बस्ने र पछि उमेर भएपछि विवाहसमेत गर्ने प्रलोभन राजुले राधालाई दिएका थिए । त्यहाँ राजुले राधालाई पहिलोपल्ट भेटेका थिए । राधा आत्तिएर घर फर्किन खोज्दा राजुले उनलाई कब्जामा लिएर त्यहाँबाट ट्याक्सीमा राखेर बैतडी बजारसम्म ल्याएका थिए । बैतडीमा एक रात होटेलमा बास बस्दा राजुले राधालाई जर्बजस्ती करणी प्रयाससमेत गरेको बुझिएको छ । प्रहरीका अनुसार बैतडीबाट आफ्नो घर अर्घाखाँची जाने भन्दै राजुले राधालाई वीरगन्जसम्म ल्याएका थिए । वीरगन्ज हुँदै भारत जान खोज्दा बाटोमा कसैले सोधपुछ गरे ‘आफूहरू नातामा साख्खै दाजु बहिनी रहेको र आफ्नो नाम लक्ष्मी अधिकारी भन्नु’ भनेर राजुले राधालाई सिकाएका थिए । अधिकारीउपर मानव बेचबिखन मुद्दा चलाइएको र आवश्यक कारबाहीको लागि जिल्ला अदालतमा पेश गरिएको डिएसपी खनालले जानकारी दिए ।
किशोरीलाई फकाएर भारत लैजान खोज्ने युवक पक्राउ
सवालनेपालसंवाददातामंगलबार, ११ माघ २०७८

किशोरीलाई फकाएर भारत लैजान खोज्ने युवक पक्राउ
यो समाचार शेयर गर्नुहोस्:

« यो पनि पढ्नुहोस्
बक्राहा खोलामा महिला मृत फेला प्रकरण : मृतकका श्रीमान पक्राउ

यो पनि पढ्नुहोस् »
लागू औषध सहित ११ जना पक्राउ
प्रतिक्रियाहरू0
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार व्यक्त गर्ने पहिलो बन्नुहोस्!
आफ्नो प्रतिक्रिया लेख्नुहोस्
तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।
सम्बन्धित खबर

बक्राहा खोलामा महिला मृत फेला प्रकरण : मृतकका श्रीमान पक्राउ
बुधबार, १३ जेठ २०८३
लागू औषध सहित ११ जना पक्राउ
बुधबार, १३ जेठ २०८३
हावाहुरीका कारण कन्काईमा लगाइएको केरा खेतीमा व्यापक क्षति
बुधबार, १३ जेठ २०८३
दमक र बिर्तामोडमा लागूऔषधको डिलर, प्रहरीकै मिलेमतोमा कारोबार हुने गरेको गुनासो
मंगलबार, १६ माघ २०८१
बन्दका कारण मेची राजमार्गमा यातायात सेवा प्रभावित
मंगलबार, १६ माघ २०८१



