काठमाडौंको महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पतालका ३०० स्वास्थ्यकर्मी तथा कर्मचारीमा कोभिड–१९ संक्रमण देखिएको छ । कुल दुई हजार ५०० कर्मचारीमध्ये ६०० जनामा संक्रमण देखिएको र अहिले ३०० जना सक्रिय संक्रमित रहेको अस्पतालका सूचना अधिकारी रामविक्रम अधिकारीले जानकारी दिए । उनीहरू सबैजना अहिले होम आइसोलेसनमा रहेको अधिकारीले बताए । केही दनिअघि ६० जनामा एकैपटक संक्रमण पुष्टि भएपछि त्रिवि शिक्षणका कर्मचारीमा संक्रमण फैलिएको थियो । संक्रमणका कारण अस्पतालका सेवा भने नोकिएको अधिकारीले बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय