सत्तारुढ नेपाली कांग्रेसका केन्द्रीय सदस्यहरुले पार्टी नेतृत्वको गलत राजनीतिक भूमिकाका कारण स्थानीय तहको चुनावमा पार्टी पराजित हुनु परेको वताउनु भएको छ । पार्टी केन्द्रीय कार्यालयमा जारी केन्द्रीय कार्यसमितिको बैठकमा नेताहरुले प्रधानन्यायाधीश माथि महाभियोग लगाउने र आइजीपी नियुक्तिमा पार्टीको भूमिका नकारात्मक भएकाले कांग्रेस पराजित भएको वताउनु भएको हो ।

‘प्रधानन्यायाधीशमाथि औचित्य सावित नहुनेगरी किन किन महाभियोग ल्याइयो ? किन महाभियोग ठीक छ भनेर पुष्टि गर्न सकिएन ? किन फेरि महाभियोग फिर्ता लिइयो ?’ बैठकमा केन्द्रीय सदस्यहरुको भनाई थियो, ‘आइजीपी नियुक्तिमा किन कानुनको उपहास गरियो ? यसलाई हेरेर मतदाताले कांग्रेसलाई भोट नदिएका हुन् ।’

एमालेले सही भूमिका निभाएको र एमाले अध्यक्ष ओलीले आफ्नो अडान र एजेण्डा स्थापित गरेको कांग्रेस नेताहरुको भनाई थियो । ‘एमालेले आफूलाई बलियो भूमिकामा उभ्यायो, उसको अडान पनि बलियो देखियो’ बैठकमा नेताहरुको भनाई थियो, ‘एमाले नै स्थिर र भरपर्दाे शक्ति हो भन्ने मतदातामा पर्न गयो । कांग्रेसले राष्ट्रिय राजनीतिमा सही भूमिका निभाउन सकेन ।’

निर्वाचन समीक्षा गर्दै कांग्रेस नेताहरुले माओवादीसँग चुनावी गठबन्धन गर्नु गम्भीर गल्ती भएको विचार राख्नु भयो । ‘कांग्रेसले यसभन्दा अगाडि कहिल्यै कसैसँग चुनावी तालमेल गरेको थिएन, यसपटक माओवादीसँग तालमेल गरेर ठूलो गल्ती भयो’ कांग्रेस नेताहरुको भनाई थियो, ‘पार्टीले राजनीतिक मुल्यमान्यता त्यागेर मतदातासमक्ष माओवादीलाई बोकेर हिंडेपछि कसरी कांग्रेसलाई विश्वास गर्न सक्छन् ?’

प्रदेश नम्बर २ को निर्वाचनमा एकतावद्ध भएर जानु पर्ने अव उम्मेदवार चयन गरिंदा यसअघि भएका गल्ती सच्याउनु पर्ने नेताहरुको सुझाव थियो । आइतबारको बैठकमा पुष्पा भुसाल, ईश्वरी न्यौपाने, रमेश लेखक, दीलेन्द्रप्रसाद बडू, श्याम घिमिरे, केशवकुमार बुढाथोकी, किरण यादव, बीरबहादुर बलायर र मोहन बस्नेत लगायतका नेताहरुले बोल्नु भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah