
एजेन्सी । बलिउड अभिनेत्री रेखाले सिमी ग्रेवालको टक शोमा आफू कम्तीमा पाँच सन्तानकी आमा बन्न चाहेको बताएकी थिइन् । दुर्भाग्यवश, रेखाको आफ्नै छोराछोरी भएनन्, उनले दुइ पटक विवाह गरिन् तर सन्तान भने भएनन् । तर बलिउडमा एक अभिनेत्री छिन् जसमा उनले आफ्नो छाया पाउँछिन्। उनलाई आफ्नो छोरी जस्तै माया गर्छिन । सार्वजनिक रुपमा पनि उनलाई आफ्नो छोरी बताउँछिन् ।
रेखाले उक्त अभिनेत्रीलाई कत्तिको माया गर्छिन्, त्यसको अनुमान उनले आफूलाई मन पर्ने काञ्जीवरम सारी पनि उपहार दिएर एक अवार्ड समारोहमा छोरी भनेकी थिइन् ।यी अभिनेत्री हुन् कंगना रनौत । कंगनाले रेखालाई जन्मदिनको शुभकामना दिँदै गडमदर भनेकी थिइन् । यसै क्रममा रेखाले एक अवार्ड समारोहमा कंगनाको लागि आफ्नो मनको कुरा व्यक्त गरेकी थिइन् ।
कंगनालाई देखेर रेखाले आफू आफ्नो छोरी भएको बताइन्, छोरी भएको भए कंगना जस्तै हुनेथिइन् । मुम्बईमा आयोजित मराठी गौरव अवार्ड समारोहमा कंगना रनौत र रेखा सहभागी थिए ।यस क्रममा कंगनाले का लो कञ्जीवरम सारी लगाएकी थिइन् ।
कंगनाले यो साडी उनलाई रेखाले उपहार दिएको बताएकी थिइन् । त्यतिबेला कंगना फिल्म मणिकर्णिका द क्वीन अफ झाँसीको तयारीमा व्यस्त थिइन् ।रेखा कंगना रिल होइन वास्तविक जीवनमा झाँसीकी रानी पनि हुन् ।यस समारोहमा कंगना रनौत र रेखाबीच विशेष सम्बन्ध देखियो ।