गणेश बस्नेत(खबर टाइम्स)
आजभोलि चितवनका एमाले नेता देवी ज्ञवालीको दिनचर्या फेरिएको छ । एमाले नेताबाट भरतपुर महानगरपालिकामा मेयरका उम्मेदवार बनेका ज्ञवाली आजभोलि सवैका मनमा बसेका छन । मतपत्र च्यात्ने अभियुक्तकै पक्षमा निर्वाचन आयोगले गरेको फैसलापछि भरतपुर महानगरपालिकामा चुनावको परिणाम खझै घोषणा भएको छैन, हारिन्छ भन्ने निश्कर्षका साथ मतपत्र च्यात्ने अपराधमा संलग्नकै मागअनुसार पुनः चुनाव गराउने कि मतगणना गर्ने भन्ने बिषय अहिले सर्वाेच्च अदालतमा बिचाराधिन छ । संभवत भोलि फैसला हुनेछ ।
अदालतले के फैसला गर्छ ? त्यो फरक पाटो हो ? न्याय दिन्छ कि अन्यायको साथ रहन्छ ? अभियुक्तको मागअनुसार पुन मतदानको फैसला हुन्छ कि पीडित पक्षलाई न्याय दिइन्छ ? त्यो पनि फरक पाटो हो । अदालतबाट आउने फैसलाको पर्खाइमा छन सवै । तर भरतपुरका सवै मतदाताको मन मस्तिष्कमा भने देवी ज्ञवाली नै मेयरका रुपमा बसेका छन । लामो समय राजनीति र समाजसेवामा बिताएका ज्ञवाली जति भद्र छन, चितवनमा मत च्यात्नेमध्येका एक माओवादी कार्यकर्तालाई नै ‘त्यस्तो पटाह र बेइमान मानिस त होइन’ भन्ने प्रतिक्रिया दिएपछि गत चुनावमा मत नदिने मतदातासमेत पछुताएका छन । उनीहरुले यति सज्जनलाई धोका दिनुहुने थिएन भन्दै आफन्तसँग पश्चाताप सुनाए, अनि भने, निर्वाचन आयोगले कस्लाई जिताउँछ ? त्यस्को पछि लागिन्न, अदालतले के गर्छ ? त्यतातिर पनि सोचिन्न, हाम्रो मेयर त देवी ज्ञवाली नै हुन ।’
किन हो कुन्न कांग्रेस यति धेरै बेइमान भएको, सायद सुशिल दा (स्व. शुशिल कोइराला) जस्तो पार्टी सभापति अहिले नभएर होला,’ आफैबीच भन्छन कांग्रेसका मतदाता
बैशाख ३१ गतेको चुनावमा मत नदिएको कारण पश्चाताप गर्ने मतदाताको ठुलो संख्या भरतपुरको १९ वडामा पनि छन । उनीहरुले आफ्नै वडामा माओवादीले बखेडा झिकेर मत च्यात्नु र कांग्रेसले वडामा सवै जितिसक्दा पनि जनता र न्यायको साटो माओवादी र अन्यायलाई साथ दिनुको कारण अझै जान्न पाएका छैनन । किन हो कुन्न कांग्रेस यति धेरै बेइमान भएको, सायद सुशिल दा (स्व. शुशिल कोइराला) जस्तो पार्टी सभापति अहिले नभएर होला,’ आफैबीच भन्छन कांग्रेसका मतदाता । बैशाख ३१ गते सम्पन्न पहिलो चरणको स्थानीय तह निर्वाचनको मात्रै होइन, दोस्रो चरणको चुनावको परिणाम पनि आइसकेको छ, बाँकी छ त केवल प्रदेश–३ स्थित चितवन जिल्लाको भरतपुर महानगरपालिका ।
भरतपुरमा अहिलेसम्म जनताले मत दिएपनि प्रतिनिधि निर्वाचित भएका छैनन । तर बैशाख ३१ गतेको चुनावमा मत दिनेको मात्रै होइन, नदिनेहरुको मेयर पनि देवी ज्ञवाली नै बनेका छन यतिबेला । त्यसैले पनि उनको दिनचर्या निकै फेरिएको छ । अव चुनावको परिणाम के आउँछ भन्नेतिर भन्दा पनि भरतपुरका सवै मतदातालाई कसरी बिकाश, सम्मान र आत्मियता दिन सकिन्छ भन्नेमा केन्द्रित छ ज्ञवालीको सोच । उनका लागि अव सधै मतदाता भेटन जाने, गुनासो सुन्ने सदाबहार मेयरको भुमिका निभाउनु परेको छ ।
चुनाव हार्ने निश्चित भएपछि मध्यरातमा मतपत्र च्यात्ने माओवादी कार्यकर्ताकै कामलाई निर्वाचन आयोगले बैधानिकता दिएपछि वडा नं १९ का मतदाता ज्ञवालीमाथि मात्रै होइन, आफूहरुमाथि निर्वाचन आयोगले अक्षम्य अपराध गरेको महसुस गरिरहेका छन । नसकी नसकी मत दिएको बृद्धबृद्धा त आक्रोशित समेत छन । ‘कस्तो न्याय ? जस्ले अपराध गर्यो, उसैलाई पुरस्कार, जो अपराधको सामना गर्छ, उसैलाई अन्याय ?’ उनीहरु भन्छन ।

परिवारका साथ ज्ञवाली
मतदातामा पलाएको अपार माया र बिश्वास अनि माओवादीले गरेको अपराधमा सजायको साटो पुरस्कार पाएपछि निर्वाचन आयोगले जिताए पनि, हराए पनि ज्ञवाली भरतपुर महानगरको मेयर नै बनेका छन । त्यसैले आजभोलि चितवनका एमाले नेता देवी ज्ञवालीको दिनचर्या फेरिएको छ । साधरण, मिलनसार अनि सवैले माया गर्ने उनको स्वभाव मन नपराउने कोही थिएनन, तर बिपी कोइराला, गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई, गिरिजाप्रसाद कोइराला र सुशिल कोइरालाको प्रभावमा परेका ५० नाघेका प्रजातन्त्रवादीहरु कम्युनिस्टका नेता भन्दै टाढा रहन्थे ।
कम्युनिस्ट भएकै कारण उनलाई मत दिन चाहेका केही बृद्धहरु हच्किएका थिए । तर अव उनीहरुमा त्यो भ्रम पनि हटेको छ । भरतपुर महानगरपालिकाका मेयर निर्वाचित हुँनै लाग्दा नेकपा माओवादी केन्द्रले मतपत्र च्यातेर मेयर बन्न नदिँदा ज्ञवाली सदाबहार मेयर बनेका छन

परिवारका साथ ज्ञवाली
कम्युनिस्ट भएकै कारण उनलाई मत दिन चाहेका केही बृद्धहरु हच्किएका थिए । तर अव उनीहरुमा त्यो भ्रम पनि हटेको छ । भरतपुर महानगरपालिकाका मेयर निर्वाचित हुँनै लाग्दा नेकपा माओवादी केन्द्रले मतपत्र च्यातेर मेयर बन्न नदिँदा ज्ञवाली सदाबहार मेयर बनेका छन । ज्ञवाली भन्छन, ‘अव परिणाम के घोषणा हुन्छ भन्नेमा होइन, भरतपुरका सवै वडा, त्यस्मा पनि बिशेष गरी मतपत्र च्यातिएका वडाका मतदाताले दिएको मायालाई जीवनभर भुल्ने छैन ।’



