काठमाडौं: नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मिलेर चुनाव लडदै मुलुकलाई बामपन्थीमय बनाउने प्रस्ताव गरेको एमाले अध्यक्ष केपी शर्मा ओलीलाई धन्यवाद दिएका छन्।

सचिवालयको बिस्तारित बैठकको निर्णय सार्वजनिक गर्न आइतवार आयोजित पत्रकार सम्मेलनमा बोल्दै दाहालले मुलुकको आवश्यकता एमाले र माओवादी मिल्नुपर्ने रहेको भन्दै ओलीलाई धन्यवाद दिए ।

विगतमा माओवादीमा पनि जितले घमण्ड पलाएको भन्दै प्रचण्डले एमालेले पनि घमण्ड गर्न नहुने बताए । ‘हाम्रो घमण्ड चूर भयो, एमालेको पनि घमण्ड चुर भएकै हो । कांग्रेसको घमण्ड पनि चूर हुँदैछ । सबैको घमण्ड चूर भएपछि हामी एकै ठाउँमा आउनुपर्छ,’ दाहालले भन्नुभयो । ओलीले बामपन्थी एकताको प्रस्ताव राखेकोमा धन्यवाद दिएका दाहालले अव सवै धरातलीय यथार्थमा आउनु पर्ने बताए । ‘बामपन्थी मिल्नुको बिकल्प छैन,’ दाहालको भनाई थियो ।

‘‘ओलीजीले मिलेर चुनाव लडौं भनेकोमा उहाँलाई धन्यवाद नै दिन चाहन्छु । उहाँ ठूलो त बन्नुभयो, तर परिस्थितिको गम्भीरतालाई बुझेर यसो भन्नुभएको होला, यसमा उहाँलाई धन्यवाद छ । वामदेवजीले त चुनाव अघि देखि नै मिलौं भन्दै आउनुभएको हो, उहाँले त ५०र५० गरेर चुनावमा जाऔं समेत भन्नुभएको हो,’ दाहालले भने ।
एमाले अध्यक्ष ओलीले गत साता चुनाव जित्ने भए एमालेसँग मिल्न माओवादी नेतृत्वलाई औपचारिक प्रस्ताव गरेको थियो । म माओवादी केन्द्रका नेताहरुलाई भन्छु, चुनाव जित्नुछ भने एमालेसँग मिल्नोस, अव सती नै जानु छ, सर्वनास नै हुनु छ भने त के गर्नु रु सती गएर कसैले जित्दैन, सर्वनाश होइन्छ, केही कमजोरी भएको छ, तर ढिला नै त भइसकेको छैन, अव सोचेर अघि बढनोस, चुनाव जित्नु छ भने एमालेसँग मिल्नुस,’ ओलीको प्रस्ताव थियो । सो प्रस्तावलाई माओवादी केन्द्रले सही र समय र परिस्थितिको माग भनेको छ ।

ओलीले यसअघि नै बिदेसीले बामपन्थी शक्तिलाई फुटाउने गरेको र भन्दै सहकार्य गर्न माओवादी केन्द्रका नेतृत्वलाई आग्रह गरेको थियो ।एमाले अध्यक्ष ओलीको प्रस्ताव र माओवादी केन्द्रका अध्यक्ष दाहालको सकारात्मक जवाफसँगै अव बामपन्थी शक्तिबीच सहकार्यको संभावना बढेको छ । नया पेज बाट साभार

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah